ad ad

राजनीति


प्रधानमन्त्री कार्यालयबाटै बाहिरिएको थियो कार्यदल गठनको खबर

प्रधानमन्त्री कार्यालयबाटै बाहिरिएको थियो कार्यदल गठनको खबर

नेपालखबर
फागुन १२, २०७६ सोमबार १५:१९,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा राष्ट्रियसभाका सांसदले पनि प्रधानमन्त्री हुने पाउने गरी संविधान संशोधन गर्न ‘कार्यदल गठन भएको’ खबरले पार्टी पंक्ति मात्र होइन, पूरै देश तरंगित भएको छ।

उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउनकै लागि संविधान संशोधन गर्न पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल गठन गरिएको भन्ने समाचार आइतबार आएको थियो। कार्यदलमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ र पूर्वसांसद खिमलाल देवकोटा सदस्य रहेको बताइएको थियो।

तर महासचिव विष्णु पौडेलले नेपालखबरसँग कुरा गर्दै संविधान संशोधनका लागि कार्यदल गठन भएको समाचारको खण्डन गरेका थिए। महासचिव पौडेलले पार्टीभित्र छलफल भएपनि त्यस विषयमा कुनै औपचारिक निर्णय नभएको बताएका थिए।

यसले कार्यदल गठन भएको हो कि होइन भन्ने विषयमा अन्यौल उत्पन्न गरेको छ।

तर, संविधान संशोधन सम्बन्धी कार्यदल गठन भएको समाचार भने प्रधानमन्त्री कार्यालय सिंहदरबारबाटै बाहिरिएको पाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका एक सल्लाहकारले केही सञ्चारमाध्यमका प्रतिनिधिलाई बोलाएर कार्यदल गठनको विषयमा सूचना दिएका थिए।

त्यसैलाई प्रमुख आधार बनाएर समाचार प्रकाशित भएका थिए।

त्यसपछि चुनाव हारेको व्यक्तिलाई प्रधानमन्त्री बनाउन संविधान नै संशोधन गर्न खोजेको भन्दै नेकपा र सरकारको नेतृत्वको चर्को आलोचना भइरहेको छ। त्यसपछि शीर्ष नेताहरुबीच पटकपटक छलफल भएको छ।

शनिबार स्थायी समितिको बैठकमा संविधान संशोधनको विषयमा एजेन्डा नभएपनि संविधान संशोधनबारे केही समय सदस्यहरुबीच छलफल भएको थियो। तर, ठोस निश्कर्ष ननिस्किएको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .