ad ad

समाज


बालमन्दिर जग्गा प्रकरणमा पक्राउ परेका श्रेष्ठ किन छुटे?

बालमन्दिर जग्गा प्रकरणमा पक्राउ परेका श्रेष्ठ किन छुटे?

नेपालखबर
जेठ २७, २०८१ आइतबार १६:८, काठमाडौँ

काठमाडौँको नक्सालस्थित बाल मन्दिरको जग्गा बृहस्पति विद्या सदनलाई लिज दिँदा संस्थालाई हानि–नोक्सानी हुने गरी सम्झौता गरेको आरोपमा पक्राउ परेका नेपाल बाल संगठनका पूर्वउपाध्यक्ष तुल्सीनारायण श्रेष्ठ हाजिर जमानीमा छुटेका छन्। 

श्रेष्ठलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शुक्रबार पक्राउ परेको थियो। पक्राउलगत्तै सरकारी वकिलको रोहबरमा बयान लिएर शुक्रबार नै हाजिर जमानीमा छाडेको हो।

सीआईबीले संगठनकी पूर्वअध्यक्ष रीता सिंह वैद्यसहित २० जनालाई अनुसन्धानका लागि पक्राउ गर्न जिल्ला अदालतबाट अनुमति पाएको छ।

अन्य आरोपीहरूको पनि बयान गराउनुपर्ने र हालसम्म अरु कोही पनि पक्राउ नपरेको कारण एक जनालाई मात्र थुनेर राख्दा अनुसन्धानको लागि हदम्याद लागू हुने भएकाले हाजिर जमानीमा छाडिएको सम्बद्ध अधिकारीहरूको भनाइ छ। उनले अनुसन्धानमा सघाउने प्रतिबद्धता जनाएको प्रहरीको भनाइ छ।

उनलाई शुक्रबार नै बयानको काम सकेर हाजिर जमानीमा छाडेको काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख एवं सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले पुष्टि गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .