ad ad

समाज


नेपालगन्जमा यो वर्षको अहिलेसम्मकै उच्च तापक्रम, देशका ४ स्थानमा ४० डिग्री सेल्सियस माथि (सूची)

काठमाडौँमा कति?
नेपालगन्जमा यो वर्षको अहिलेसम्मकै उच्च तापक्रम, देशका ४ स्थानमा ४० डिग्री सेल्सियस माथि (सूची)

फाइल तस्बिर : नेपालगन्ज


नेपालखबर
जेठ १८, २०८१ शुक्रबार ७:५३, काठमाडौँ

केही दिनयता विशेषगरी तराईका जिल्लामा तापक्रम निरन्तर उकालो लागिरहेको छ। 

यसै क्रममा बिहीबार बाँकेको नेपालगन्जमा यो वर्षको अहिलेसम्मकै बढी तापक्रम देखिएको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार बिहीबार नेपालगन्जमा अधिकतम तापक्रम ४४.२ डिग्री सेल्सियस मापन गरिएको हो। 

‘यो देशभरिमै यस वर्षको हालसम्मकै उच्च तापक्रम हो’, उनले भने। 

तर गत वर्षको रेकर्ड भने अझै तोडिएको छैन।

उनका अनुसार गत वर्ष (२०२३ जुन ९ मा) नवलपरासीको दुम्कौलीमा  त्यस वर्षको सर्वाधिक अधिकतम तापक्रम ४४.८ डिग्री सेल्सियस मापन भएको थियो। 

नेपालमा हालसम्मकै उच्च तापक्रम भने १९९५ जुन १६ मा धनगढीमा ४६.४ डिग्री सेल्सियस मापन भएको थियो। ‘त्यो रेकर्ड अहिलेसम्म तोडिएको छैन’, माैसमविद् पुडासैनीले भने। 

यसैगरी बिहीबार कैलालीको धनगढीमा त्यही क्षेत्रका लागि यस वर्षको अहिलेसम्मकै बढी तापक्रम देखिएको छ।

मौसम महाशाखाका अनुसार बिहीबार धनगढीमा ४४.२ डिग्री सेल्सियस मापन गरिएको छ। ‘यो धनगढीकै लागि यस वर्षको हालसम्मकै उच्च तापक्रम हो’, मौसमविद् पुडासैनीले भने। 

मौसम महाशाखाका अनुसार बिहीबार देशका चार स्थानमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ।

यसैबीच काठमाडौँ उपत्यकामा बिहीबार अधिकतम तापक्रम ३३.४ डिग्री सेल्सियस पुगेको छ।

‘काठमाडौँ उपत्यकामा यही जेठ १२ गते यत्ति नै अधिकतम देखिएको थियो, काठमाडौँका लागि यस वर्षको अहिलेसम्मकै उच्च तापक्रम यही हो’, मौसमविद् पुडासैनीले भने।  

हेर्नुहोस् बिहीबार कहाँको तापक्रम कति? (आजको अपडेट आउन बाँकी)                

दिपायल (डोटी):  अधिकतम ३८.६, न्यूनतम २२.८ 

डडेल्धुरा:  अधिकतम ३२.२, न्यूनतम १९.० 

धनगढी (कैलाली): अधिकतम ४४.२, न्यूनतम ३०.२ 

वीरेन्द्रनगर (सुर्खेत): अधिकतम ४१.०, न्यूनतम २३.६

नेपालगन्ज (बाँके):  अधिकतम ४४.२, न्यूनतम २९.८ 

जुम्ला:   अधिकतम २९.९,  न्यूनतम ११.४ 

घोराही (दाङ):  अधिकतम ४०.२,   न्यूनतम २७.० 

पोखरा (कास्की):  अधिकतम ३४.०,  न्यूनतम २१.५ 

भैरहवा (रुपन्देही):  अधिकतम ३९.४,   न्यूनतम ३०.५ 

सिमरा (बारा):  अधिकतम ३८.२,  न्यूनतम २९.८  

काठमाडौँ:  अधिकतम ३३.४, न्यूनतम १९.७

ओखलढुंगा: अधिकतम २९.७, न्यूनतम १९.० 

ताप्लेजुङ:  अधिकतम २८.५, न्यूनतम १९.०  

धनकुटा:  अधिकतम ३१.७,  न्यूनतम २२.५ 

विराटनगर (मोरङ): अधिकतम ३१.३, न्यूनतम २७.२ 

जनकपुर (धनुषा):   अधिकतम ३६.६,  न्यूनतम ३०.४  

मुस्ताङ (जोमसोम):  अधिकतम २४.५,  न्यूनतम ९.० 

सुनसरी (धरान):  अधिकतम ३३.०,  न्यूनतम २६.५

कास्की (लुम्ले):  अधिकतम २८.१,  न्यूनतम १७.६

दोलखा (जिरी):  अधिकतम २९.४,  न्यूनतम १२.८

स्रोत : मौसम पूर्वानुमान महाशाखा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .