ad ad

समाज


कोरोनाभाइरसः चीनका लागि इजरायली राजदूतलाई क्वारेन्टाइनमा राखियो

कोरोनाभाइरसः चीनका लागि इजरायली राजदूतलाई क्वारेन्टाइनमा राखियो

नेपालखबर
फागुन ११, २०७६ आइतबार ९:३,

इजरायली शहर तेल अभिभदेखि दक्षिण कोरियाको राजधानी सियोलसम्मको हवाई यात्राका क्रममा कोरोनाभाइरसबाट संक्रमित चढेको विमानमा राजदूत जेभी चढेकाले भाइरस संक्रमणको आशंकामा उनलाई पनि क्वारेन्टाइनमा राखिएको एएफपीले जनाएको छ।

गतहप्ता जेभी चढेको विमानमा कोभिद–१९ बाट संक्रमित दक्षिण कोरियाली नागरिक पनि चढेको बताइएको छ।

जेभी बेइजिङ फर्केपछि उनलाई क्वारेन्टाइन्मा राखिएको इजरायलको विदेशमन्त्रालयले जनाएको छ।

आइतबार बिहानसम्मको तथ्यांकअनुसार विश्वभर ७९ हजार ९३० जनामा कोरोनाको संक्रमण देखिएको छ।

मृतकको संख्या २ हजार ४६१ जनाको मृत्यु भइसकेको छ।

चीनमा मात्र २ हजार चारसय जनाको मृत्यु भएको छ भने त्यहाँ ७८ हजारभन्दा बढी संक्रमित छन्।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार हालसम्म २३ हजा ९२ जना कोरोनाबाट संक्रमित उपचारपछि स्वस्थ बनिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .