ad ad

समाज


जग्गा विवादमा सिंगै परिवारमाथि कुटपिट, दुई जना अस्पताल भर्ना (भिडियो)

जग्गा विवादमा सिंगै परिवारमाथि कुटपिट, दुई जना अस्पताल भर्ना (भिडियो)

शैलेन्द्र महतो
फागुन ११, २०७६ आइतबार ९:९,

जग्गा विवादमा सप्तरीकाे एक परिवारमाथि निर्घात कुटपिट भएको छ।

सप्तरीको बलानबिहुला गाउँपालिका ३ दुधैलाकी ७५ वर्षीया फेकनी देवी साहको परिवारमाथि कुटपिट भएको हो। कुटपिटबाट फेकनीका ४५ वर्षीय ज्वाइँ जीवछ साह र ४० वर्षीया छोरी रामशीला घाइते भएका छन्। उनीहरुको अहिले बिराटनगरस्थित गोल्डेन हस्पिटलमा उपचार भइरहेको पारिवारिबक स्रोतले जनाएको छ।

कुटपिटबाट फेकनी र उनका नातिनातिना सामान्य घाइते भएका छन्।

फेकनीका जेठाजु अमित साह र देवर पल्टु साहका छोराबुहारीहरुसहित झण्डै २०÷२५ जना मिलेर कुटपिट गरेको पीडित जीवछका छोरा मिथिलेश कुमार साहले नेपालखबरसँग बताए। पतिको मृतयु भइसकेको र छोरा नभएका कारण फेकनी देवीले छोरी र ज्वाइँलाई आफ्नै घरमा राख्दै आएकी छन्।

उनका छिमेकी एवं वडा नं. ३ का वडा सदस्य देवकुमार यादवका अनुसार १९ धुर गाउँ ब्लोकको ऐलानी जग्गा भागवण्डा भइसकेको र फेकनीले आफ्ना जेठाजु र देवरका छोराहरुलाई रकम तिरेर सो जग्गा लिइसकेकी हुन्। सोही जग्गामा आफूहरुले गोठ बनाइरहेको समयमा उनीहरुले बिहीबार एक्कसि आफूहरुमाथि निर्घात कुटपिट गरेको फेकनीका नाति मिथिलेशले बताए।

मिथिलेशका अनुसार अमित साह र पल्टु साहका छोराहरु रामेश्वर साह, जीवछ साह, रवि साह, धनेश्वर साह लगायतका २०÷२५ जना पुरुष र महिला मिलेर कुटपिट गरेका हुन्।

‘गाईभैँसी बाँध्ने गोठ बनाउन लागेको थाहा पाएर हातमा लाठी, चिर्पट बोकेर आएका उनीहरुले आमाबुबा, नानी, बहिनी सबैमाथि गालीगलौज गर्दै निर्घात पिटपाट गर्न थाले’ मिथिलेशले भने ‘ अंशवण्डा र भागवण्डा सबै पहिले नै भइसकेको छ। उनीहरु जबरजस्ती आफ्नो हजुरआमाको हकमा परेको गाउँ ब्लोक जमिनमाथि कब्जा गर्न खोजेका छन्।’

घटनापश्चात प्रहरीले कुटपिट गर्नेमाथि कारबाही गर्न कुनै चासो नदेखाएका मिथिलेशले गुनासो गरे। यता इलाका प्रहरी कार्यालय कडरबोनाले दुई परिवारबीच झगडा भएको र दुवैतर्फका घाइते भएको बताएको छ। तर, कति जना घाइते छन् भन्ने तथ्यांक इलाका प्रहरी कार्यालयसँग छैन।

‘कुटपिट भएको भन्ने विषयमा हामीलाई थाहा छ। तर, कतिजना घाइते छन् भन्ने एक्कीन छैन’ इलाका प्रहरी कार्यालयका एक प्रहरी अधिकारीले भने, ‘दुवै पक्षका घाइतेहरु अहिले उपचार गराइरहेका छन्।’ ती अधिकारीले दुवै पक्षको निवेदन आएको तर प्रहरीले दर्ता नगरेको बताए। ‘घटना विषयमा बुझेर मात्रै हाी उजुरी दर्ता गर्छौँ’, उनले भने, ‘जो दोषी छन्, सबैमाथि कारबाही हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .