ad ad

समाज


मदन भण्डारी राष्ट्रिय पुरस्कारका लागि आवेदन आह्वान

मदन भण्डारी राष्ट्रिय पुरस्कारका लागि आवेदन आह्वान

नेपालखबर
जेठ १२, २०८१ शनिबार १४:४९, काठमाडौँ

मदन भण्डारी फाउन्डेसनले ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८०’ का लागि दरखास्त आह्वान गरेको छ। आगामी असार ५ गतेभित्र फाउन्डेसनमा निवेदन पेस गर्नुपर्नेछ।

फाउन्डेसनले जारी गरेको सूचनाअनुसार सामाजिक न्याय, पर्यावरण संरक्षण, आर्थिक समृद्धि विभेरदरहित समाज निर्माणका क्षेत्रमा अध्ययन, अनुसन्धान र नवीन प्रयोग गरी समाजमा महत्वपूर्ण योगदान पु¥याएका एक जनालाई पुरस्कार प्रदान गरिनेछ।

पुरस्कारको राशि रु एक लाख र प्रमाणपत्र रहेको छ। मदन भण्डारी जन्मजयन्तीका दिन असार १४ गते प्रदान गरिनेछ।

फाउन्डेसनले २०६८ सालदेखि समाजमा विशेष योगदान गरेका व्यक्तिलाई मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .