ad ad

समाज


जेठ १३ को राशिफल: मेषलाई अचल सम्पत्ति हात पर्ने, वृषको अनावश्यक ठाउँमा धन खर्च हुने, तपाईँको के?

जेठ १३ को राशिफल: मेषलाई अचल सम्पत्ति हात पर्ने, वृषको अनावश्यक ठाउँमा धन खर्च हुने, तपाईँको के?

पण्डित नारायणप्रसाद दुलाल
जेठ १३, २०८१ आइतबार ४:४४, काठमाडौँ

आज आइतबार, १३ जेठ २०८१ (२६ मे २०२४)। हेर्नुस् आजको राशिफल

मेष : अचल सम्पत्ति हात पर्ने योग छ। नयाँ सम्बन्ध जोडिन सक्छ। कुनै कुराले मनमा शान्ति छाउनेछ। शुभकार्यको चर्चा चल्नेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। प्रेम र दाम्पत्य जीवन सुखमय हुनेछ।  

आजको भाग्यशाली रङ्ग खैरो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ६६, सेयरबजारमा ७९, वैदेशिक कार्यमा ८० र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङ्गको प्रयोग नगर्ने।   

वृष : आज अनावश्यक ठाउँमा धन खर्च हुन सक्छ। यात्रामा सावधानी अपनाउनु पर्नेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ। साँझमा प्रतिष्ठित कामको अवसर हात पर्ने समय छ।

आजको भाग्यशाली रङ्ग खैरो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४१, सेयरबजारमा ३९, वैदेशिक कार्यमा ७८ र शिक्षामा ३३ प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४९  प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरुको विश्वास नगर्ने।

मिथुन : आज पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्नेछ। जोशजाँगर र हिम्मत बढ्नेछ। छोटो यात्रा तथा मान सम्मान मिल्नेछ। मित्रबाट विशेष सहयोग मिल्नेछ र साथी भाइको भेटघाटले मन प्रफुल्ल रहनेछ।

आजको भाग्यशाली रङ्ग गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्ध ५९, व्यापारमा ६१, सेयरबजारमा ७२, वैदेशिक कार्यमा ७९ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीहरूलाई खानेकुरा दिने। छल कपट नगर्ने।  

कर्कट : सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ। नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ। राजनैतिक तथा समाज सेवामा मन लाग्नेछ। इस्टमित्रहरूसँग मेलमिलाप हुनेछ। विशिष्ट व्यक्तिको सहयोग मिल्ला।

आजको भाग्यशाली रङ्ग सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६६, सेयरबजारमा ७५, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।

सिंह : आज स्थान परिवर्तनका विशेष योग देखिन्छन्। तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको राम्रो दिन छ। प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ। आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछन्।

आजको भाग्यशाली रङ्ग पहेँलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ७६, सेयरबजारमा ६९, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै स्वास्थ्य अनुकूलता ५४, यात्राको योग ६२ र सम्पूर्ण भाग्याङ्क ५० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। आज निलो रङ्गको प्रयोग नगर्ने।  

कन्या : आज हल्लाको पछि लाग्दा आफ्ना कामबाट अरूले फाइदा लिन सक्छन्। नजिकका व्यक्तिबाट काममा बाधा आउला। आत्मबलमा कमी आउनेछ। यात्रामा मालसामान हराउन सक्छ तर साँझमा शुभ समाचार पाइनेछ।

आजको भाग्यशाली रङ्ग रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ४९, व्यापारमा ४५, सेयरबजारमा ३४, वैदेशिक कार्यमा ७७ र शिक्षामा ३८ प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै स्वास्थ्य अनुकूलता ४६, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। आज भरिसक्के लामो यात्रा नगर्ने।

तुला : मानसिक चिन्ता बढेपनि कार्यक्षेत्रमा प्रगति हुनेछ। पारिवारिक सद्भाव बढ्नेछ। प्रेमका कोपिलाहरू फक्रिएर जानेछन्, तर प्रतिस्पर्धीहरूले तपाईंको खुट्टा तान्ने प्रयास गर्नसक्छन्। व्यापार व्यवसायमा औसत लाभ हुनेछ।

आजको भाग्यशाली रङ्ग सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७२, व्यापारमा ७१, सेयरबजारमा ५७, वैदेशिक कार्यमा ६४ र शिक्षामा ७८ प्रतिशत सफलता मिल्नेछ। त्यस्तै स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ।

यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरुको विश्वास नगर्ने।

वृश्चिक : आज अति प्रिय व्यक्तिको यादले सताउन सक्छ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। माया प्रेममा सामीप्यता बढ्नेछ भने घर परिवार तथा आफन्तबीचको सम्बन्धमा सुधार भएर जानेछ।

आजको भाग्यशाली रङ्ग खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयरबजारमा ७२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने। तामसीक भोजन नगर्ने।  

धनु : आज गरेका कार्यमा अवरोध र ढिलासुस्ती हुनेछ। चलाखीपूर्ण बोलीले गरेको कार्य सिद्ध हुनेछ। स्वास्थ्यप्रति सजग रहनुहोला अन्यथा धन खर्च हुनेछ। कार्य क्षेत्रमा प्रगति हुनेछ। साँझमा भने आफन्तले सहयोग गर्नेछन्।

आजको भाग्यशाली रङ्ग निलो र अङ्क ७ रहेको छ। र प्रेम र सम्बन्धमा ७०, व्यापारमा ६८, सेयरबजारमा ७१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। झुट नबोल्ने।

मकर : आँटेको काममा ढिलासुस्ती हुनसक्छ। सामाजिक कार्यमा सफलता मिल्नेछ तर शत्रुपक्ष भने सबल रहने भएकाले सजग रहनु नै उचित रहने देखिन्छ। दाम्पत्य जीवनमा एक किसिमको निरासता पनि आउनसक्छ।

आजको भाग्यशाली रङ्ग रातो र अङ्क ९ रहेको छ। र प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४९, सेयरबजारमा ३८, वैदेशिक कार्यमा ४० र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पनि दिने। आज खैरो रङ्गको प्रयोग नगर्ने। 

कुम्भ : जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। आफन्त सँगको सम्बन्ध पनि गाढा र सुमधुर रहनेछ।

आजको भाग्यशाली रङ्ग हरियो र अङ्क ४ रहेको छ। र प्रेम र सम्बन्धमा ५०, व्यापारमा ६८, सेयरबजारमा ७५, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। नवग्रहलाई स्मरण गरेर कामको थालनी गर्ने।

मीन : महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ। मनोरञ्जनमा सहभागी भइएला। विशिष्ट व्यक्‍तिसँगको भेटघाटले मन प्रसन्न हुनेछ। लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ।

आजको भाग्यशाली रङ्ग पर्पल र अङ्क ६ रहेको छ। र प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६४, सेयरबजारमा ६८, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६४प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ७६ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुण खाने। छल कपट नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .