समाज


अपहरण र हत्याका अभियुक्त दुई वर्षपछि पक्राउ

अपहरण र हत्याका अभियुक्त दुई वर्षपछि पक्राउ

नेपालखबर
जेठ ८, २०८१ मंगलबार ११:३९, काठमाडौँ

दुई वर्ष पहिले रौतहटमा एक जनाको अपहरण गरी हत्या गरेर भागेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

रौतहटको गौर नगरपालिका ३ का २७ वर्षीय रोहित कुमार जैसवाललाई अपहरण गरी हत्या गरेको आरोपमा गौर नगरपालिका ५ का ५८ वर्षीय राजु मिश्र पक्राउ परेका हुन्।

२७ वर्षीय जैसवाललाई अपहरण गरी भारतको बैरगिनियामा लगि बन्धक बनाई हत्या गरेर शव जुटको बोरामा हालेर नन्दवारा पुल मुनि फालेका थिए। 

घटनापछि मिश्र भारततर्फ फरार भएका थिए। अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। सोमबार पक्राउ गरेर प्रहरीले अदालतमा बुझाएको छ।

अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad