ad ad

खेल


भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको सात वर्ष पूरा

भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको सात वर्ष पूरा

फाइल तस्बिर


नेपालखबर
जेठ ८, २०८१ मंगलबार ११:५४, काठमाडौँ

भलिबललाई नेपालको राष्ट्रिय खेल घोषणा गरेको आज सात वर्ष पूरा भएको छ। 

सातौँ भलिबल दिवसको अवसरमा आज मंगलबार विभिन्न कार्यक्रमको आयोजना हुँदैछ। दिवसकै अवसरमा न्यु डायमण्ड स्पोर्टस् क्लबले आज विशेष कार्यक्रमको आयोजना गरेको छ। 

न्यु डायमण्ड स्पोर्टस् क्लबले आफ्नो स्थापनाको १७ वर्ष तथा सातौँ भलिबल दिवसको अवसरमा यू–१८ खुला महिला भलिबल प्रतियोगिता आयोजना गरेको छ। 

प्रतियोगिता अन्तर्गत आज फाइनल र तेस्रो स्थानको खेल हुनेछ। यस्तै न्यु डायमण्ड र एपीएफ क्लबबीच मैत्रीपुर्ण खेल समेत हुँदैछ। 

मन्त्रिपरिषद्ले २०७४ जेठ ७ गते सोमबार भलिबललाई राष्ट्रिय खेल बनाउने आधिकारिक निर्णय गरेको हो। 

त्यसअघि अनौपचारिक रुपमा डन्डिबियो वा कबड्डीलाई राष्ट्रिय खेल मानिन्थ्यो। युवा तथा खेलकुद मन्त्रालयले मन्त्रिपरिषदलाई राष्ट्रिय खेल बनाउन तेक्वान्दो, क्रिकेट र भलिबललाई सिफारिश गरेको थियो। पुष्पकमल दाहाल अध्यक्षताको मन्त्रिपरिषदले थोरै लगानी र हिमाल, पहाड, तराई तीनै वटै ठाउँमा खेलिने तर्क दिँदै भलिबललाई राष्ट्रिय खेलको रुपमा छानेको थियो। 

भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको सात वर्ष पूरा भैसक्दा पनि अहिले पुष्पकमल दाहाल नै देशको प्रधानमन्त्री छन्। तर भलिबलले आफ्नै स्थायी कभर्डहल भने पाउन सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .