ad ad

समाज


आज शनिबार, कुम्भलाई घुमफिरको योग ७५ प्रतिशत, तपाईँको कति? हेर्नुस् ५ जेठको राशिफल

आज शनिबार, कुम्भलाई घुमफिरको योग ७५ प्रतिशत, तपाईँको कति? हेर्नुस् ५ जेठको राशिफल

पण्डित नारायणप्रसाद दुलाल
जेठ ५, २०८१ शनिबार ४:४६, काठमाडौँ

आज शनिबार, ५ जेठ २०८१ (१८ मे २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : कार्यमा रुचि जाग्नुका साथै यात्राको योग समेत देखिन्छ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। प्रतिस्पर्धी परास्त होलान्। कला र गलाको प्रभाव बढ्नेछ। दिनको उत्तरार्द्धमा अधिक धन खर्च हुन सक्छ।

भाग्यशाली रङ आकासे र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ७१, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज मनमा असल भाव राखेर अघि बढ्दा धोका पाइँदैन। कालो रङको प्रयोग फाप्ने देखिएन।

वृष : रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। समाजसेवा गरे लोकमा प्रसिद्ध भइनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। मन पर्ने साथीको साथ र सहयोग पाउन सकिनेछ। तीर्थाटनको योग छ।

भाग्यशाली रङ निलो हो भने अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ४१, व्यापारमा ६३, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५३ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीको दर्शन गर्नु राम्रो हुनेछ। छलकपटतिर चाहिँ नलाग्नु होला, यसले आफैँलाई हानि गर्नेछ।

मिथुन : आफूलाई कमजोर भएको अनुभूति हुनेछ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। राजनीतिक कार्यमा बाधा आउला। प्रेममा अविश्वासको वातावरण सिर्जना हुन सक्छ तर मनोरञ्जनमा सहभागी भइनेछ।

भाग्यशाली रङ हरियो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ३९, व्यापारमा ४१, वैदेशिक कार्यमा ७३ र शिक्षामा ४४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ४६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। लगानी अवसर आएमा आवेगमा लगानी नगर्नु होला।

कर्कट : बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। नोकरी गर्नेले मानसम्मान पाउने छन्। अधुरो र नयाँ कार्यको थालनी हुनेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गमा मधुर छाउने योग छ।

भाग्यशाली रङ गुलाबी र अङ्क २ हो। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ६९, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। उत्तर दिशाको यात्रा फलदायी छैन।

सिंह : नयाँ सम्बन्ध जोडिन सक्छ। पुरानो समस्या सुल्झाउन सकिनेछ। स्वास्थ्यमा सुधार आउनेछ। लाभदायक यात्रा रहनेछ। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्नेछ। एजेन्टको काममा भने नोक्सानी हुन सक्छ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ३२, व्यापारमा ४०, वैदेशिक कार्यमा ४९ र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४३, यात्राको योग ३० र सम्पूर्ण भाग्याङ्क ४८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। खैरो रङको प्रयोग अनुकूल छैन।

कन्या : लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। दाम्पत्य जीवन सुखमय हुनेछ। आँटेको र ताकेको कार्य पूरा होला। तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन। लाभदायक र सुखद यात्रा हुने योग छ।

भाग्यशाली रङ सेतो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ८० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवीन कार्यको शुभारम्भ गर्नुपूर्व वृक्षारोपण गर्नु राम्रो हुनेछ। हरियो रङ भरसक प्रयोग नगर्नु होला।

तुला : विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। सामाजिक कामको दायित्त्व बढ्नेछ। पढाइलेखाइमा ध्यान दिन नसकिएला तर सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। सद्‌विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ३९, व्यापारमा ४१, वैदेशिक कार्यमा ५३ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। तामसिक भोजन नगर्नु होला।

वृश्चिक : सहयोगीले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। टाढाको यात्राको सम्भावना छ।

भाग्यशाली रङ हरियो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६४, वैदेशिक कार्यमा ६५ र शिक्षामा ७८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६७, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। झुट नबोल्नु होला। बोलेमा आफैँ फसिने सम्भावना छ।

धनु : लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। लाभदायक भेटघाटलाई नकार्न सकिदैन। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। प्रतिस्पर्धी परास्त होलान्। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला।

भाग्यशाली रङ पहेँलो र अङ्क २ हो भने प्रेम र सम्बन्धमा ७३, व्यापारमा ६९, वैदेशिक कार्यमा ५५ र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४७, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रज व्यक्तिसँग सुझाव लिएर अघि बढ्नु राम्रो हुनेछ। यात्राको अवसर आउन सक्छ तर भरिसक्के लामो यात्रा नगरेकै बेस।

मकर : उमङ्ग र उत्साह छाउला। चलाखीपूर्ण बोलीले गरेको कार्य सिद्ध हुनेछ। रमाइलो र खानपिनको सम्भावना छ र त्यसबाट दीर्घकालीन फाइदा पुग्नेछ। पेसा-व्यवसायका क्षेत्रमा फाइदा हुनेछ।

भाग्यशाली रङ गुलाबी हो भने अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६४, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। खरानी रङको प्रयोग अनुकूल छैन।

कुम्भ : अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। सामान हराउने योग छ। विपरीत वर्ग र मन मिल्ने साथीको सहयोग मिल्नेछ। शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ। राजनीतिक कार्यमा सफलता मिल्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क ९ हो भने प्रेम र सम्बन्धमा ४९, व्यापारमा ५०, वैदेशिक कार्यमा ४४ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६३, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्रेमी/प्रेमिकाको सल्लाहअनुसार अघि बढ्नु राम्रो हुनेछ। दक्षिण दिशाको यात्रा फलदायी छैन।

मीन : एक अर्कासँग केही न केही आशा गरिरहनु हुनेछ। धार्मिक सामाजिक कार्यमा विशेष रुचि हुने देखिन्छ। अरूको मन जित्न सकिनेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। आत्मबल र हिम्मत बढ्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६७, वैदेशिक कार्यमा ५५ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। अखाद्य वस्तुको सेवन नगर्नु होला।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .