ad ad

समाज


‘इन्डियन २’को सुटिङस्थलमा दुर्घटना, सहायक निर्देशकसहित ३ जनाको मृत्यु

‘इन्डियन २’को सुटिङस्थलमा दुर्घटना, सहायक निर्देशकसहित ३ जनाको मृत्यु

नेपालखबर
फागुन ८, २०७६ बिहिबार १२:१८,

कमल हसनको फिल्म ‘इन्डियन २’ सुटिङस्थलमा भएको दुर्घटना परेर तीन जनाको मृत्यु भएको छ। सो दुर्घटनामा अन्य ९ जना घाइते भएका छन्।

 चेन्नईको ईभीपी स्टुडियोमा फिल्मको सुटिङ चलिरहेको समयमा क्रेन दुर्घटना भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। दुर्घटनामा फिल्मका सहायक निर्देशक ३४ वर्षीय कृष्ण, २० वर्षीय मधु र ६० वर्षीय चन्द्रनको मृत्यु भएको हो।

बुधबार राति ९ बजे भएको सो घटनाले फिल्म युनिट र बलिउडलाई नै शोकाकुल बनाएको छ।

Image result for इंडियन 2 के सेट पर हुए हादसे

फिल्मका तीन प्रमुख कलाकारहरू कमल हासन, रकुल प्रीत सिंह र काजल अग्रवाल दुर्घटनाबाट संयोगवश जोगिएका छन्।

अभिनेत्री अग्रवालले दुर्घटनाका कारण आफू स्तब्ध भएको बताएकी छन्। उनले यस डरलाग्दो दुर्घटनाको अनुभव सामाजिक सञ्जालमा सेयर गरेकी छन्।

‘हिजो रातिको त्यो डरलाग्दो क्रेन दुर्घटनापछि म आघातमा परेकी छु। यो दुर्घटनाबाट बच्नको लागि केवल एक सेकेन्ड लाग्यो। त्यो एक क्षण म कृतज्ञ छु, मैले समय र जीवनको महत्त्वबाट धेरै कुरा सिकें र म यसको सम्मान गर्दछु’, सामाजिक सञ्जाल ट्विटरमा अभिनेत्री काजलले ट्विट गरेकी छन्, ‘घटनाबाट तीन सहकर्मी गुमाउनु पर्दाको पीडा शब्दमा व्यक्त गर्न सक्दिनँ।’

Image result for इंडियन 2 के सेट पर हुए हादसे

दुर्घटनाको समय काजल फेसन डिजाइनर अमृता रामसँगै थिइन्। अमृताले सो समय आफूहरु पालभित्र रहेको र चर्को आवाज सुनेपछि बाहिर दौडिएको बताएकी छन्। उनले आफूहरु बसेको पालमाथि नै क्रेन खसेको बताइन्।

‘म र काजल दुर्घटनाको समयमा पालभित्र बसेका थियौं। चर्को आवाज सुनेपछि हामी दौडेर बाहिर निस्क्यौं’, इन्डिया टुडेसँग कुराकानीमा उनले भनेकी छन्,‘हाम्रो पालमाथि नै भएको त्यो क्रेन दुर्घटनाग्रस्त भयो काजल त्यतिबेला पालभित्र श्रृंगार गरिरहेकी थिइन।’

निर्माता तथा अभिनेता कमल हासनले दुर्घटनाका बारेमा सामाजित्र सञ्जालमा जानकारी दिएका छन्। ‘मैले मेरा तीन जना सहकर्मी सँधैलाई गुमाएँ’, हसनले ट्विट गरेको छन्,‘म मेरो पीडाभन्दा मलाई उनीहरुका परिवारको बढी चिन्ता छ जसका आफन्तको यो दुर्घटनामा निधन भयो।’ उनले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

उनी घटनाबारे थाहा पाउनासाथ सुटिङस्थल पुगेको र घाइतेहरुलाई अस्पताल लैजान सहयोग गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। घाइतेहरुलाई भेट्न हसन अस्पताल समेत पुगेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .