नासाले सोही चार अर्ब माइल टाढाबाट खिचेको पृथ्वीको तस्बिर सार्वजनिक गरेको छ।
नासाले ३० वर्ष अगाडि खिचिएको तस्बिर फेरि सार्वजनिक गरेको हो। जहाँ हामी अति नै सानो तर चम्किलो बस्तु देख्नसक्छौं।
नासाले ट्वीटमा फोटो सार्वजनिक गर्दै भनेको छ,‘त्यही हो हाम्रो घर, त्यो हामी हौं।’
उक्त फोटोलाई ‘पेल ब्लु डट’ भनेर चिनिने गरिन्छ। टाढा निलो बस्तु चम्किने भएकाले उक्त फोटोलाई पेल ब्लु डट भनिएको हो।
उक्त तस्बिर नासको अनुसन्धानमा खटेको यन्त्रले खिचेको थियो। नासाका भोयगर प्रोबले पृथ्वीभन्दा टाढा गएर ब्रम्हाण्डको अन्य हिस्साको अध्ययन गर्ने गर्दछ। एजेन्सी
“Look again at that dot. That's here. That's home. That's us.” — Carl Sagan
A newly processed version of the iconic ‘Pale Blue Dot’ image shows Earth 4 billion miles away from @NASAVoyager.
Learn more: https://t.co/xU9HhrK4xa
Print the poster: https://t.co/HShxS2673m pic.twitter.com/Ua21xDoJZc
प्रतिक्रिया