ad ad

राजनीति


डेमोक्रेटिक पार्टीको बहसः अर्बपति ब्लुमवर्गमाथि खनिए सबै उम्मेदवार

डेमोक्रेटिक पार्टीको बहसः अर्बपति ब्लुमवर्गमाथि खनिए सबै उम्मेदवार

नेपालखबर
फागुन ८, २०७६ बिहिबार १२:२१,

डेमोक्रेटिक पार्टीको राष्ट्रपति उम्मेद्वार चयन गर्ने क्रममा बुधबार राति भएको बहसमा उम्मेदवारहरुले एकअर्काको खरो आलोचना गरेका छन्।

बहसमा पहिलो पटक भाग लिएका अर्बपति उम्मेदवार माइकल ब्लुमवर्गको सबैभन्दा सबैभन्दा बढी आलोचना भएको थियो।

लस भेगसको पेरिस थिएटरमा दुई घण्टासम्म चलेको बहसमा पहिलो पटक उम्मेदवारहरु यसरी एकअर्कामाथि खनिएका हुन्। एलिजावेथ वारेन, बर्नी स्यान्डर्सलगायतले नश्ल र लिंगका विषयमा ब्लुमवर्गको धारणाको आलोचना गरेका थिए।

हाल स्यान्डर्स उम्मेदवारमध्ये अग्रस्थानमा छन्। उनको पनि केही उम्मेदवारले आलोचना गरे। यद्यपि स्यान्डर्सका लागि बहस सकारात्मक रहेको विश्लेषकहरुले बताएका छन्।

बहसमा एमी क्लोबासर र पिट बुट्टजेजबीच पनि आरोपप्रत्यारोप चलेको थियो। एजेन्सी

यो पनि:

राष्ट्रपतिको उम्मेदवार बन्न ४० करोड डलर खर्च गरे अमेरिकाका आठौँ धनी व्यक्तिले

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .