समाज


कोरोना प्रकोप : मृतकको संख्या २४ सय नाघ्यो, ७५ हजार संक्रमित

कोरोना प्रकोप : मृतकको संख्या २४ सय नाघ्यो, ७५ हजार संक्रमित

नेपालखबर
फागुन ७, २०७६ बुधबार ३:४४,

चीनमा महामारीको रुपमा फैलिएको (कोभिड-१९) कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २४ सय नाघेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले यो तथ्य सार्वजनिक गरेको हो।

मंगलबार एकैदिन चीनमा यो भाइरसबाट थप १ सय ३६ जनाको ज्यान गएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ।

कोरोना भाइरस संक्रमणका कारण वुहानको एक अस्पतालका प्रमुखकै मृत्यु भएको छ।

उपचारका क्रममा वुहानस्थित वुछाङ अस्पतालका निर्देशक लिउ चमिङको मंगलबार मृत्यु भएको हो। उनी कोरोना संक्रमणबाट ज्यान गुमाउने अहिलेसम्मकै सबैभन्दा बरिष्ठ चिकित्सक हुन्।

योसँगै कोरोना संक्रमणको कारण चीनमा मृत्यु हुने डाक्टरको संख्या सात पुगेको छ।

बुधबार बिहानसम्म विश्वभर ७५ हजारभन्दा बढी संक्रमित भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ। अहिलेसम्म चीनमा कोरोना संक्रमितको संख्या ७४ हजार एक सय ८५ पुगेको छ।

कोरोना भाइरसका कारण चीनमा मात्रै दुई हजार ४ सय जनाको मृत्यु भएको पुष्टी चिनियाँ अधिकारीले गरेका हुन्। यो भाइरसले फिलिपिन्स, ताइवान, हङकङ, जापान र फ्रान्समा एक–एक जना गरी ५ जनाको मृत्यु भएको पुष्टि भएको छ।

मंगलबार मात्रै चीनमा थप एक हजार ७ सय ४९ जनामा भाइरस संक्रमण देखिएको छ। विश्वका २८ मुलुकमा एक हजारभन्दा कोरोनाबाट संक्रमित पाइएका छन्।
बीबीसीका अनुसार चीनका स्वास्थ्य अधिकारीहरूले कोरोनाभाइरस सङक्रमण सुरू भएयताकै सबैभन्दा बृहत् अध्ययनको निष्कर्ष सार्वजनिक गरेका छन्। जसमा ७०,००० भन्दा बढी सङ्क्रमणका विवरणहरू समेटिएका छन्।

चीनको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको तथ्याङ्कले ८० प्रतिशतभन्दा बढी संक्रमितमा मध्यम तहका समस्या देखिएको र बिरामी तथा वयोवृद्धमा बढी जोखिम देखाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad