छापा खबर


मुना हत्याकाण्डको नयाँ तथ्य खुल्दै : पूर्वसचिव कार्की पत्नीमाथि गर्थे यस्तो शंका

मुना हत्याकाण्डको नयाँ तथ्य खुल्दै : पूर्वसचिव कार्की पत्नीमाथि गर्थे यस्तो शंका

नेपालखबर
फागुन ७, २०७६ बुधबार ३:१३,

डेढ साताअघि पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना सानेपा हाइटस्थित घरभित्रै मृत फेला परिन्।

घटना अनुसन्धानका क्रममा फेला परेका केही नयाँ तथ्यसहित प्रहरीले विवरण सार्वजनिक गर्दैछ।

गम्भीर प्रश्न छ, कामदार विजय चौधरी एक्लैले त्यो काम कसरी गरे? नाइलनको पासो लाग्दा डोरी चुँडिई भुँइमा बज्रिएर विजयले प्राण त्यागे भनिएको छ।

सबैभन्दा गम्भीर अनुसन्धानको पाटो त यो छ कि, सिसीटीभी फुटेजमा विजयले मुनामाथि टाउकोमा निरन्तर हानेको देखिन्छ। तर एउटा जिउँदो मान्छेलाई कसैले प्लास्टिकको पिर्काले हान्दा ज्यान जान्छ कि जाँदैन?

अनि २३ वर्षको युवकले ४८ वर्षकी महिलालाई पछाडिबाट डोरीले कसेर लडाउन र एक्लै घाँटी थिचेर मार्न कतिको सम्भव होला?

मारिन लागेको मान्छेले चुपचाप घाँटी थापेको पक्कै थिएन। होहल्ला, रोदन, चित्कार वा हारगुहार गरिएको हुनुपर्छ।

यदि त्यस्तो हल्ला भएन भने निर्मला पन्त प्रकरणमा झैँ भोकल कर्ड (घाँटी आउने आवाज) अवरोध गरिएको हुनुपर्छ। तर त्यो काम विजय एक्लो मान्छेबाट, त्यसमा पनि त्यो विषयको तालिम वा ज्ञान नभएको व्यक्तिबाट हुन सक्दैन।

प्रहरी अनुसन्धानको अर्को पाटो छ, घटना हुनुभन्दा एक महिनाभित्र पूर्वसचिव कार्की, मृतक मुना र कामदार विजयको मोवाइलमा भएका संवाद, एसएमएस आदान प्रदानको विवरण जुन आउने क्रममै छ।

आजको जनआस्था साप्ताहिकका अनुसार कार्कीले घरको सिसीटीभी फुटेज आफ्नो मोबाइलमा हेर्नेगरी जडान गरेका थिए।

घरमा पत्नी भए, नभएको? को आयो, को गयो? जस्ता सबै कुरा आफ्नो मोबाइलबाट हेर्थे।

विजय पछिल्लो समय घर सफाइगर्ने कामदार मात्र सिमित थिएनन्। उनी मुनाका व्यक्तिगत ड्राइभर पनि थिए।

अपराज महाशाखाबाट अनुसन्धानरत एक प्रहरीले जनआस्थालाई भनेका छन्, ‘धारिलो हतियार वा बिस्फोटक पदार्थ (बन्दुक) को प्रयोगबाट गरिएको हत्या थियो भने एक्लो संलग्नता पत्यारिलो हुन्थ्यो। तर मुनाको हत्या सहजै पत्यारिलो छैन, जसरी दुनियाँ अझै पनि दरबार हत्याकाण्डमा बाबु, आमासहित काका, फूपू र भाइबहिनीलाई दीपेन्द्रले मारेको भन्नेमा अझै विश्वस्त छैन।’

प्रहरीले कम्तिमा पनि मुनाको १३ औँ पुन्यतिथिका दिनसम्म घटनाका थप तथ्य बाहिर नल्याउने नीति बनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad