ad ad

समाज


कञ्चनपुरमा नवजात शिशुको शव भेटियो

कञ्चनपुरमा नवजात शिशुको शव भेटियो

गोकुल जोशी
फागुन ६, २०७६ मंगलबार ११:५४,

कञ्चनपुरमा एक नवजात शिशुको शव भेटिएको छ।

मंगलबार दिउँसो भीमदत्त नगरपालिका–५ वनगाउँ कालीपुल नजिक नवजात शिशुको शव भेटिएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक सुरज कार्कीले नवजात शिशुको शव भेटिएको र शव पहिचान गर्न नमिल्ने अवस्थामा रहेको जानकारी दिए। सो स्थानमा शिशुको शव भेटिएको भन्दै स्थानीयले खबर गरेपछि प्रहरी टोली पुगेको थियो।

‘नवजात शिशुको शव बेवारिसे अवस्थामा छ, पहिचान गर्न सकिने अवस्थामा छैन’, नेपालखबरसँग कुरा गर्दै निरीक्षक कार्कीले भने।

‘घटनाका बारेमा हामी अनुसन्धान गर्दै छौँ’, उनले भने, ‘जिउँदो जन्मेको बच्चा मारेर फालेको हो वा मरेकै जन्मेर फालेको हो भन्ने विषयमा अनुसन्धान केन्द्रित भइरहेको छ।’

शिशुको छातीमुनीको भाग क्षतविक्षत अवस्थामा रहेको उनले बताए। अहिले शव महाकाली अस्पतालमा राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .