ad ad

राजनीति


विस्फोटक पदार्थसहित विप्लवका पाँच कार्यकर्ता पक्राउ

विस्फोटक पदार्थसहित विप्लवका पाँच कार्यकर्ता पक्राउ

नेपालखबर
फागुन ६, २०७६ मंगलबार १२:८,

विस्फोटक पदार्थसहित प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका पाँच जना कार्यकर्तालाई चैनपुर नगरपालिका–१ गुफापोखरीबाट मंगलबार पक्राउ गरेको छ ।

सो समूहका जिल्ला सदस्य चैनपुर–४ दोभानेका ‘अग्नि’ भन्ने सन्तोष तामाङसहित पाँच जनालाई पक्राउ गरेको प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए।

शंकास्पद रुपमा हिँडिरहेको देखेपछि प्रहरीले सोधपुछ गर्दा प्रहरी टोलीमाथि आक्रमण गरेपछि प्रहरीले एक राउन्ड हवाई फायर गरेर उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

उनीहरुको साथबाट प्रहरीले रेडबुल बम एक, सकेट बम एक थान, विस्फोटनमा प्रयोग हुने सेफ्टी फ्युज तथा तारलगायत मोबाइल तथा विभिन्न कागजात बरामद गरेको बताइएको छ।

पक्राउ परेका अन्य चार जनाको नाम भने प्रहरीले खुलाएको छैन। माघ २ गते पक्राउ परेका उनीहरुलाई प्रहरीले माघ ६ गतेमात्र सार्वजनिक गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .