ad ad

कारोबार


तीनवटा भाषाबाट नेपाल कोरोना भाइरसमुक्त रहेको सन्देश सम्प्रेषण गर्न निर्देशन

तीनवटा भाषाबाट नेपाल कोरोना भाइरसमुक्त रहेको सन्देश सम्प्रेषण गर्न निर्देशन

नेपालखबर
फागुन ६, २०७६ मंगलबार ११:४४,

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले नेपाल कोरोना भाइरसमुक्त क्षेत्र रहेको अन्तर्राष्ट्रिय प्रवाह गर्न निर्देशन दिएका छन्।

मन्त्री भट्टराईले कोरोना भाइरसमुक्त क्षेत्र रहेको सन्देशमूलक श्रव्यदृश्य प्रचार सामग्रीहरु अंग्रेजी, चिनियाँ र हिन्दी भाषामा तीन दिनभित्र तयार गरी प्रचार गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्।

उनले मन्त्रालय विदेशस्थित नेपाली नियोग, नेपाल पर्यटन बोर्ड, नेपाल भ्रमण सचिवालय, पर्यटन सम्बद्ध निजी क्षेत्रका वेबसाइट तथा सामाजिक सञ्जालमा समेत राख्न भनेका छन्।

छिमेकी मित्रराष्ट्र चीनले सामना गरिरहेको वर्तमान संकटप्रति नेपालको पूर्ण साथ रहेको व्यक्त गर्दै छिट्टै संकट सामाधान हुने र चिनियाँ पर्यटकलाई स्वागत गर्न नेपाल तयार रहेको सन्देशमूलक श्रव्यदृश्य सामग्री चिनियाँ भाषामा तयार गरी एक हप्ताभित्र चिनियाँ सञ्चारमाध्यम तथा चीनमा रहेका नेपाली नियोगमार्फत सम्प्रेषण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन्।

पर्यटन क्षेत्रमा देखिएको नयाँ परिस्थितिमा बजार प्रवर्द्धनका वैकल्पिक उपायहरु अवलम्बन गर्नको लागि नेपाल पर्यटन बोर्डमा नेपालको पर्यटन स्रोत बजारलाई लक्षित गरी क्षेत्रगतरुपमा विभिन्न १२ वता प्रमोसनल डेस्क तत्काल खडा गर्न भनेका छन्।

त्यस्तै नेपाल नागरिक उड्ययन प्राधिकरणलाई नेपालमा उडान गर्न इच्छुक अन्तराष्ट्रिय वायुसेवा कम्पनीलाई प्रोत्साहन गर्न निर्देशन दिए । नेपालका पर्यटन स्रोत बजारहरुलाई लक्षितगरी उडानको लागि आवश्यक प्रकृया तथा तयारी गर्न नेपाल वायुसेवा निगमलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .