ad ad

समाज


मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय प्रमुख रिमालविरुद्ध भ्रष्टाचार मुद्दा

मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय प्रमुख रिमालविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
बैशाख २, २०८१ आइतबार १९:६, काठमाडौँ

मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालय प्रमुख रिमालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

आर्थिक वर्ष २०७८/०७९ मा सोरु गाउँपालिका–५ मा सिँचाइ आयोजनामा निर्माण उपभोक्ता समितिका पदाधिकारीहरु समेतको मिलेमतोमा आयोजनाको रकम हिनामिना गरेको उनीमाथि आरोप छ।

सो सम्बन्धमा अनुसन्धान हुँदा रिमालले सोरु गाउँपालिका वडा नं. ५ स्थित नेर सिँचाइ आयोजनाको पाइपलाइनको कार्य १७०० मिटर हुनुपर्नेमा ८१२.५ मिटर मात्र भई ८८७.५ मिटर फिल्डमा कम भएको कामलाई पनि झुट्टा नापी किताब, पहिलो र दोस्रो बिल स्वीकृत गरी ५ लाख ६१ हजार ४८१ रुपैयाँ ९५ पैसा बढी भुक्तानी गरी उपभोक्ता समितिलाई गैरकानूनी लाभ र सरकारलाई हानिनोक्सानी पुर्‍याएको अख्तियारको ठहर छ।

उनीविरुद्ध हिनामिना भएको रकम बिगो कायम गरी कैद र जरिवाना गरी बिगो असुलउपर हुन मागदाबी लिइएको छ।

यस्तै, सव–इन्जिनियर नरबहादुर लावडले फिल्डमा नभएको कामको पनि भएको भनी झुट्टा नापी किताब, पहिलो र दोस्रो बिल तयार गरी पेश गरी उपभोक्ता समितिलाई गैरकानूनी लाभ र नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याएको देखिँदा उनीबिरुद्धसमेत आरोप पत्र दायर गरिएको छ।

यसैगरी, उपभोक्ता समितिका अध्यक्ष तेजबहादुर शाही, उपाध्यक्ष हिराबहादुर शाही र सचिव तीर्थबहादुर शाहीले सम्झौता बमोजिम लागत अनुमानभन्दा कम काम गरी फिल्डमा नभएको कामको पनि भएको भनी भुक्तानीको लागि झुट्टा बिल पेस गरी ५ लाख ६१ हजार ४८१.९५ रुपैयाँ बढी भुक्तानी लिई आफूलाई गैरकानूनी लाभ र नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको भन्दै अख्तियारले उनीहरूविरुद्ध पनि मुद्दा दायर गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .