परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकमा प्रकाशकुमार सुवेदीलाई नियुक्त गरिने भएको छ। सुवेदी यसअघि अष्ट्रियाका लागि नेपाली राजदूत थिए।
परराष्ट्रमन्त्रालयद्वारा गठित सिफारिस समितिको बैठक र छनौटसम्बन्धी कार्यविधि २०७५ अनुसार उनी अन्तर्वार्ताका लागि छानिएका हुन्। यससँगै पूर्वराजदूतसमेत सुवेदीलाई उक्त जिम्मेवारी दिने करिब निश्चित भएको हो।
उनी परराष्ट्रमन्त्रालयको सहसचिव भएपछि सरकारी सेवाबाट बिदा भएका थिए। त्यसैगरी प्रतिष्ठानको उपकार्यकारी निर्देशकमा डा. प्रमोद जैसवाललाई नियुक्त गर्ने तयारी परराष्ट्रमन्त्रालयले गरेको छ।
जैसवालले भारतको जवहारलाल नेहरू विश्वविद्यालयबाट विद्यावारिधी गरेका छन्। जैसवाललाई परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको इच्छामा नियुक्त गर्न लागिएको हो।
जैसवालले यसअघि थिंक टयांक संगठनहरूमा काम गरिसकेका छन्।
Shares

प्रतिक्रिया