मोरङको सुन्दरहरैचा नगरपालिका-८ स्थित पूर्व-पश्चिम राजमार्गमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ।
सोमबार दिउँसो २ बजे इटहरीबाट बेलबारीतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ९५१९ नम्बरको बसले बाटो काट्दै गरेका साइकल यात्री स्थानीय ७९ वर्षीय डम्बरु प्रसाद निरौलालाई ठक्कर दिएको हो।
घाइते भएका उनलाई उपचारको लागि विराटनगर नोबेल अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए।
ठक्कर दिने बसका चालक सुनसरीको धरान उप-महानगरपालिका- २० का बल बहादुर लिम्बुलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ।
यसबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
72
Shares

प्रतिक्रिया