ad ad

राजनीति


कोसीमा नयाँ सरकारका लागि एमाले-माओवादीको दाबी, ५२ सांसदको हस्ताक्षर

कोसीमा नयाँ सरकारका लागि एमाले-माओवादीको दाबी, ५२ सांसदको हस्ताक्षर

तस्बिर : नेपालखबर


नेपालखबर
चैत २६, २०८० सोमबार १७:३४, काठमाडौँ

कोसी प्रदेशमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नयाँ सरकारका लागि दाबी पेश गरेका छन्। 

एमाले र माओवादी केन्द्रका बहुमत अर्थात् ५२ जना सांसदहरूले हस्ताक्षरसहित नयाँ सरकारका लागि प्रदेश प्रमुख परशुराम खापुङसमक्ष सरकारको दाबी गरेका हुन्।

एमाले र माओवादीले उक्त हस्ताक्षर बुझाउँदै मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन र विश्वासको मत पनि औपचारिक रुपमा फिर्ता लिएका छन्।

दुवै दलले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएको हस्ताक्षरसहितको पत्र पनि बुझाएका छन्। उनीहरूले प्रदेशसभा सचिवालयमा विश्वासको मत फिर्ता गरिएको पत्र पनि बुझाइसकेका छन्। 

‘नेपालको संविधान बमोजिम माननीय मुख्यमन्त्री केदार कार्कीले बहुमत सदस्यको विश्वास गुमाइसकेकोले कोशी प्रदेश सभाका हामी बहुमत सदस्यहरू नेपाल कम्युनिष्ट पार्टी एमाले प्रदेशसभा संसदीय दलका नेता माननीय हिक्मतकुमार कार्कीलाई वैकल्पिक सरकारको नेतृत्व गर्न कोसी प्रदेश सरकार मुख्यमन्त्री पदमा नियुक्तिका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन प्रदेश प्रमुखज्यूसमक्ष दाबी प्रस्तुतिका साथ अनुरोध गर्दछौँ’, दुई दलले भनेका छन्।

कोसीमा प्रदेशमा वैकल्पिक सरकार गठनको सम्भावना रहेकोले प्रक्रिया अगाडि बढाउन उनीहरूले प्रदेश प्रमुख खापुङलाई लिखित आग्रह गरेका छन्। 

दुवै दलले आफूहरूको समर्थन फिर्तासँगै मुख्यमन्त्री कार्की अल्पमतमा परेकाले अब आफूहरूको बहुमतको सरकार गठन हुने आधार रहेको जनाएका छन्। 

दुई दलले निवेदनमा एमाले प्रदेश सभा संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउन माग गरेका छन्। 

गत असोज २७ गते एमालेका ३९ जना र नेपाली कांग्रेसका ८ जनासहित ४७ जना सांसदको समर्थनमा कार्की मुख्यमन्त्री बनेका थिए।

कांग्रेस संसदीय दलको नेता नभए पनि उनले पार्टीमा विद्रोह गर्दै मुख्यमन्त्रीको कुर्सी लिन सफल भएका थिए। असोज २७ मा मुख्यमन्त्री बनेका उनले गत कात्तिक १ १ राप्रपाबाहेक सबैको विश्वास पाएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .