क्यालिफोर्नियाको सान डिएगो क्षेत्रका लागि नेपालका अवैतनिक महावाणिज्यदूत ऋषि पुन्नाखर ढकालको पदावधि ४ वर्ष थप गरिएको छ। मन्त्रिपरिषदले ढकालको पदावधि थप गर्ने निर्णय गरेको हो।
कार्यकाल थप गरिएपछि ढकाल यस जिम्मेवारीमा सन् २०२८ सम्म कायम रहनेछन्।
ढकाललाई नेपाल सरकारले पहिलोपटक सन् २०१३ मा अवैतनिक वाणिज्यदूत नियुक्त गरेको थियो। २०१५ मा अवैतनिक महावाणिज्यदूत नियुक्त गरिएकोमा अहिले त्यसैलाई निरन्तरता दिइएको हो।
ढकाल अमेरिकामा नेपाली तैयारी पोसाक र हस्तकलाका वस्तुको व्यापार गर्ने एक अग्रणी व्यवसायी पनि हुन्।
संयुक्त राज्य अमेरिकाको पश्चिम तटीय राज्य क्यालिफोर्नियालाई आधार क्षेत्र बनाएर व्यापार गरिरहेका उनी नेपाल र नेपालीपनको प्रवर्धनमा पनि सक्रिय छन्।
सन् २००५ देखि अमेरिकामा रहेका उनी नेपालका राष्ट्रपतिबाट पनि सम्मानित भइसकेका छन्।
Shares

प्रतिक्रिया