समाज


कालीबहादुर खामको मुद्दामा थुनछेक बहस सकियो, आजै आदेश आउने

कालीबहादुर खामको मुद्दामा थुनछेक बहस सकियो, आजै आदेश आउने

फाइल तस्बिर


नेपालखबर
चैत २३, २०८० शुक्रबार १४:३, हेटौंडा

काठमाडौंको कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या आरोपमा १५ वर्षपछि पक्राउ परेका माओवादीका पूर्वडिभिजन कमान्डर कालीबहादुर खामको मुद्दाको थुनछेक बहस शुक्रबार सकिएको छ।

चितवन जिल्ला अदालतमा बिहीबारदेखि सुरु भएको बहस केही बेरअघि सकिएको हो। 

सर्वोच्च अदालतबाट मिसिल आइपुगेपछि बिहीबार बिहान ११ः३० बजेदेखि खामको बयान सुरु भएको थियो।

त्यसलगत्तै दिउँसोदेखि सुरु भएको थुनछेक बहस सकिएको अदालतका श्रेस्तेदार विष्णुप्रसाद आचार्यले जानकारी दिए।

उनका अनुसार थुनछेक बहस सकिएकाले शुक्रबार अपरान्हसम्म आदेश आउने भएको छ।

खाम चैत २० गते काठमाडौंबाट पक्राउ परेका हुन्। उनलाई चैत २१ गते बयानका लागि चितवन अदालतमा उपस्थित गराइएको थियो।

काठमाडौं कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठलाई २०६५ वैशाख १५ गते राति २ बजे माओवादी कार्यकर्ताले केही बुझ्ने भन्दै लगेका थिए।

त्यसको केही दिनपछि उनको हत्या भएको थियो। हत्या गरेपछि रामहरिको शव त्रिशूलीमा फ्याकिएको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .