समाज


प्रस्तावित गण्डकी विश्वविद्यालयको कुलपतिमा गणेशमान

प्रस्तावित गण्डकी विश्वविद्यालयको कुलपतिमा गणेशमान

वाशुदेव मिश्र
फागुन ४, २०७६ आइतबार १३:१,

प्रस्तावित गण्डकी विश्वविद्यालयको कुलपतिमा प्राध्यापक डाक्टर गणेशमान गुरुङ चयन भएका छन्। आइतबार कुलपतिको सपथ लिएपछि उनले कुनै उच्च राजनीतिक पदमा नबसेरै पहिलो विश्वविद्यालयको कुलपति बन्ने इतिहास पनि बनाएका छन्।

अहिले नेपालमा भएका सबै विश्वविद्यालयहरुको कुलपति प्रधानमन्त्री रहने व्यवस्था छ। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलले विश्वविद्यालय विशुद्ध प्राज्ञिक र अनुसन्धानकर्ताहरुको मात्रै हुनुपर्ने बताउँदै त्यसको कुलपति राजनैतिक व्यक्तिलाई नबनाउने निर्णय गरेसँगै गणेशमानको लागि कुलपति बन्ने ढोका खुलेको हो।

यद्यपी, गणेशमान दोश्रो संविधानसभा निर्वाचनमा तत्कालीन एमालेबाट समानुपातिक कोटामा संविधानसभा सदस्य हुन्। गण्डकी विश्वविद्यालयको स्थापना, सञ्चालन र व्यवस्थापन गर्न बनेको विधेयकको दफा २३ ले कुलपतिको व्यवस्था गरेको छ। उक्त दफाअनुसार कुलपति हुनको लागि विद्यावारिधी उपाधि हासिल गरि प्राज्ञिक–प्रशासनिक–व्यवस्थापनको क्षेत्रमा कम्तिमा १० वर्षको अनुभव हासिल गरेको योग्यता आवश्यक पर्दछ।

उमेरले ४५ वर्ष पार गरेको व्यक्ति कुलपति हुन सक्नेछ। यी सबै प्रावधान गणेशमानले पूरा गरेका छन्। यो पटक मुख्यमन्त्रीले गणेशमानलाई नियुक्त गरेपनि अबका दिनमा भने न्यायिक परिषदले नै कुलपति नियुक्त गर्नेछ।

गुरुङले प्रा.डा. हेमराज सुवेदी र प्रा.डा. वासुदेव काफ्लेलाई उछिनेर यो पद पाएका हुन्। कुलपतिको ११ जनाले रोस्टरमा नाम चढाएका थिए। तीमध्ये सामाजिक विकास मन्त्री नरदेवी पुनमगरको संयोजकत्वमा योजना आयोगका उपाध्यक्ष डा. गिरधारी शर्मा र प्रमुख सचिव हरिप्रसाद बस्यालको समितिले गुरुङलाई कुलपति सिफारिस गरेको थियो। उनी समाजशास्त्रको प्राध्यापक हुन्।

विश्वविद्यालयको लागि तनहुँको शुक्लागण्डकी नगरपालिकाको बेलचौताराको जग्गा छानिएको छ। सो जग्गा संघीय सरकारले प्रदेश सरकारलाई दिइसकेको भने छैन। यो वर्ष विश्वविद्यालयको लागि प्रदेश सरकारले करिब १० करोड रुपैयाँ मात्रै विनियोजन गरेको छ। विश्वविद्यालयको लागत भने करिब ८ अर्बको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad