यीमध्ये धेरै अस्पतालबाट घर फर्किएको जनाइएको छ। आइतबारसम्मको तथ्यांकअनुसार कोरोनाभाइरसको संक्रमण विश्वभर ६९ हजार २ सय ७० मा देखिएको छ।
चीनमा मात्र कोरोनाबाट संक्रमित ६८ हजार ५ सय छन्। त्यहाँ मृतकको संख्या १६ सय ६५ पुगेको छ।
कोरोना झन्डै विश्वका ३० मूलुकमा फैलिएका छन्। मुख्य क्षेत्र चीनबाहिर ५ जनाको मृत्यु भइसकेको छ। हङकङ, ताइवान, फिलिपिन्स, फ्रान्स र जापानमा एक–एक व्यक्तिको मृत्यु भएको छ।
आइतबार बिहान चीनका विदेशमन्त्री वाङ यीले कोरोनाबाट संक्रमितको संख्या उल्लेखनीय रुपमा घट्दै गएको जानकारी दिएका थिए।
तीन दिनयता कोरोनाबाट संक्रमितको संख्या घट्न थालेको उनले बताएका थिए।
विदेशमन्त्री वाङ यीले कोरोनाको संक्रमण घट्न थालेको बताउँदै अब यस प्रकोप नियन्त्रण गर्न सकिने बताएका थिए।
उनले भनेका थिए,‘कोरोनाको प्रकोप नियन्त्रणको अवस्थामा पुगेको छ। हामीले यसलाई पूर्ण रोकथाम र नियन्त्रण गर्न सक्दो प्रयास गरेका छौं।’
कोरोनाबाट कहाँ–कति संक्रमित?
१. मुख्य क्षेत्र चीनः ६८ हजार ५ सय संक्रमित, १६६५ को मृत्यु
२. जापानः ४०७ संक्रमित, एकको मृत्यु
३. सिंगापुर ७२ संक्रमित
४. हङकङः ५७ संक्रमित, एकको मृत्यु
५. थाइल्याडः ३४ संक्रमित
६. दक्षिण कोरियाः २९ संक्रमित
७. मलेसियाः २२ संक्रमित
८. ताइवानः २० संक्रमित, एकको मृत्यु
९. जर्मनीः १६ संक्रमित
१०. भियतनामः १६ संक्रमित
११. अस्ट्रेलिया: १५ संक्रमित
१२. अमेरिकाः १५ संक्रमित
१३. फ्रान्सः १२ संक्रमित, एकको मृत्यु
१४. मकाउः १० संक्रमित
१५. बेलायतः ९ संक्रमित
१६. क्यानडाः ८ संक्रमित
१७. यूएइः ८ संक्रमित
१८. फिलिपिन्सः ३ संक्रमित, एकको मृत्यु
१९. फिलिपिन्सः ३ संक्रमित
२०. इटालीः ३ संक्रमित
२१. रुसः २ संक्रमित
२२. स्पेनः २ संक्रमित
२३. बेलिजियमः १ संक्रमित
२४. कम्बोडियाः १ संक्रमित
२५. इजिप्टः १ संक्रमित
२६. फिनल्यान्डः १ संक्रमित
२७. नेपालः १ संक्रमित
२८. श्रीलंकाः १ संक्रमित
२९. स्वीडेनः १ संक्रमित एससीएमपी

प्रतिक्रिया