समाज


१९ जना इन्सपेक्टर डीएसपीमा बढुवा (नामावली)

१९ जना इन्सपेक्टर डीएसपीमा बढुवा (नामावली)

फाइल तस्बिर


नेपालखबर
चैत २२, २०८० बिहिबार ६:२८, काठमाडौँ

नेपाल प्रहरीका १९ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा भएका छन्। 

बुधबार नेपाल प्रहरीको बढुवा समिति सचिवालयको बैठकले १९ इन्सपेक्टरलाई डीएसपीमा बढुवा गर्ने निर्णय गरेको हो। 

गृहमन्त्री र प्रहरी महानिरीक्षकबीच छलफल र सहमति भएपछि उनीहरुको बढुवा भएको हो। 

बढुवा हुनेमा इन्सपेक्टर दिपक मल्ल, निर्मल पनेरु, ऋषिराम घर्तीमगर, धनबहादुर बोहरा, जनार्दन घिमिरे, आयुशप्रसाद जोशी, लक्ष्मण ओली, शैलेश्वरी बोहरा, नविन पौडेल, योगेन्द्र तिमिल्सिना (उपाध्याय), पुरुषोत्तम कार्की, हिरेन्द्र बहादुर रोकाया, गुणराज बुढाथोकी, रामप्रसाद तिमिल्सिना, भिषणबाबु राई, रुकबहादुर खड्का, रणबहादुर चन्द, राजन लामा र कमलबहादुर खड्का रहेका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार उनीहरु २०७० सालका प्रहरी निरीक्षकमा भर्ना भएका थिए। त्यतिबेला भर्ना भएका ९८ जना प्रतिस्पर्धीमध्येबाट रिक्त दरबन्दीमा १९ बढुवा भएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad