कोरोनाबाट मृत्यु हुने महिला ६० वर्षीया ट्याक्सी ड्राइभर रहेको सीएनएनले जनाएको छ। ती महिलाले डायमोन्ड प्रिन्सेस क्रुज पानीजहाजका कोरोना संक्रमितलाई ट्याक्सीमा चढाएपछि उनमा कोरोनाको संक्रमण देखिएको थियो।
जापानमा हालसम्म ३५ जनामा कोरोनाको संक्रमण देखिएको छ। यस्तै जापानी क्रुज जहाज जहाँ कोरोनाको संक्रमण फैलिएको थियो। त्यहाँ २ सय १९ जनामा कोरोना देखिएको बताइएको छ। हाल उक्त डायमोन्ड प्रिन्सेज जहाजलाई नै क्वारेन्टाइन बनाइएको छ।
शनिबार बिहानसम्मको तथ्यांकअनुसार हालसम्म विश्वभर ६७ हजार भन्दा बढीमा कोरोनाको संक्रमण देखिएको छ।
तथ्यांकअनुसार चीनमा मात्र ६६ हजार ४ सय ९२ कोरोनाबाट संक्रमित छन्। ६ सय ५ अन्य २५ भन्दा बढी मूलुकका संक्रमित हुन्।
मृतकको संख्या विश्वभर १५ सय २६ पुगेको छ। चीनमा मात्र १५ सय २३ को मृत्यु हुँदा मुख्य क्षेत्र चीनबाहिर हङकङ, थाइल्यान्ड र जापानमा एक–एक जनाको मृत्यु भएको छ।
प्रतिक्रिया