समाज


डोटीमा माटोको ढिस्कोले पुरिएर वृद्धाको मृत्यु, अर्की महिला घाइते

डोटीमा माटोको ढिस्कोले पुरिएर वृद्धाको मृत्यु, अर्की महिला घाइते

फाइल तस्बिर


नेपालखबर
चैत ११, २०८० आइतबार १८:४५, काठमाडौँ

डोटीको आदर्श गाउँपालिका-२ कुचेडामा घर पोत्ने माटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर स्थानीय ६० वर्षीया भागादेवी ओझाको आइतबार दिउँसो मृत्यु भएको छ। 

माटोको ढिस्कोले च्यापिएर ५० वर्षीया पार्वती खड्का घाइते भएकी छन्। उनको कम्मरमुनिको भाग च्यापिएको अवस्थामा उद्धार गरी उपचारको लागि स्वास्थ्य चौकी मौवा हुँदै जिल्ला अस्पताल डोटी पठाइएको छ।

माटोको ढिस्को खसेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय आदर्श डोटीबाट प्रहरी टोली खटिएर उद्धार गरेको थियो। 

शनिबार मात्रै माटो खन्ने क्रममा ढिस्कोले पुरिएर शिखर नगरपालिका–९ की २१ वर्षीया निर्मला रोस्याराले ज्यान गुमाएकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .