समाज


भागवत कथा वाचक शीतलकृष्ण महाराजले हिंसा गरेको श्रीमतीको आरोप

भागवत कथा वाचक शीतलकृष्ण महाराजले हिंसा गरेको श्रीमतीको आरोप

नेपालखबर
चैत ५, २०८० सोमबार ११:२७, काठमाडौँ

भागवत कथा वाचक आचार्य श्री शीतलकृष्णजी महाराजले हिंसा गरेको आरोप उनकी श्रीमतीले लगाएकी छन्। उनकी श्रीमती सुकृति पौडेल भुसालले काठमाडौँमा पत्रकार सम्मेलन गरि आफूमाथि पतिले अन्याय तथा हिंसा गरेको आरोप लगाएकी हुन्।

सनातन हिन्दू धर्मको प्रचार गर्दै हिड्ने श्रीमानले सातजुनीसम्म सँगै बिताउने कसम खाएर बिहे गरेकी श्रीमतीलाई मन लागुञ्जेल भोग गरेपछि बीचैमा छाडेर भाग्नु हिन्दु परम्पराविपरीत भएको पत्नी सुकृतिले गुनासो गरेकी छन्।

धर्मगुरु भनेर चिनिने प्रसिद्ध कथावाचक शीतलकृष्ण महाराज भुसालले आफ्नो जीवनमाथि खेलबाड गरेको र जबरजस्ती डिभोर्सका लागि दबाब दिएपछि आफूले बोल्नु पर्ने लागेर सार्वजनिक रुपमा बालेको उनले बताएकी छिन्।

आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उनले आफूलाई पतिले पटक–पटक हिंसा गरेको आरोप लगाइन्। 

उनले भनिन्, ‘हाम्रो विवाह भएको तीन वर्ष भयो। विवाहपश्चात् केही महिना राम्रोसँग बित्यो तर पछि उहाँको दुव्र्यवहार र दुश्चरित्रहरु मैले अनुभव गर्न थालें। मैले सो व्यवहारका विषयमा उहाँलाई बारम्बार भन्दा पनि उहाँले मलाई रगताम्य हुने गरी कुटपिट गर्ने आदि घट्ना हुन थाले।’

सुकृतिले भनिन्, ‘यतिमात्र नभई मलाई भु्ररुणहत्या गर्न विवश बनाइयो। म सहँदै गएँ। मैले मेरो पीडा माईती पक्षलाई पनि केही भनिनँ। अकस्मात मलाई छोडपत्र दिने विचारले जिल्ला अदालत नवलपुरमा डिभोर्स फाइल पेश गरेको जानकारी आयो। म यो अप्रत्यासित र अकल्पनीय खबर सुनेर एक्कासी बेहोस भएँ। मन लागुञ्जेलसम्म सँगै बस्ने अनि मन भरिएपछि विभिन्न बाहाना गरेर यसै गरेर छोडपत्र गर्दै जाने प्रवृत्ति के उचित हो र?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .