नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले माओवादी नेता कृष्णबहादुर महरालाई पक्राउ गरेकोमा सरकारलाई धन्यवाद दिएका छन्।
सोमबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै थापाले जाँचबुझ आयोगले दोषी ठहर गरेकालाई छाड्न नहुने बताए।
‘आयोगले प्रतिवेदन बुझाएको छ। भर्खरै कृष्णबहादुर महरा पक्राउ पर्नुभयो। सरकारलाई धन्यवाद छ,’ उनले भने।
आयोगले किटान गरेकामध्ये सबै पक्राउ नपरेको खण्डमा सरकारलाई प्रश्न गर्ने भूमिकामा आफूहरू रहेको उनले बताए।
‘यो आयोगले किटान गरेको एउटा मान्छे पनि छुट्न हुँदैन। तलमाथि भयो भने सरकारलाई प्रश्न गर्ने हाम्रो भूमिका छ,’ थापाले भने।
महरालाई सोमबार बिहान भैरहवा विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो। उनलाई विमानबाटै अहिले काठमाडौँ ल्याइएको छ।
27
Shares
प्रतिक्रिया