ad ad

समाज


कञ्चनपुरमा सामुदायिक वनको कार्यालयमा अज्ञात समूहद्वारा आगजनी

कञ्चनपुरमा सामुदायिक वनको कार्यालयमा अज्ञात समूहद्वारा आगजनी

गोकुल जोशी
फागुन २, २०७६ शुक्रबार ६:३०,

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित कृष्ण सामुदायिक वनको कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ।

बिहीवार राति कार्यालयको ताला तोडेर आगजनी गरिएको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलले बताए।

‘राति ९ बजेतिर कार्यालयको ताला तोडेर सामान राखेको कोठामा आगजनी भएको छ’, उनले भने, ‘आगजनीमा संलग्नहरुको खोजी भइरहेको छ।’

आगजनीबाट सामुदायिक वनको कार्यालयभित्र रहेका ३०÷४० थान प्लास्टिकको कुर्सी, कारपेट तथा साउन्ड सिस्टममा क्षति पुगेको छ।
कृष्ण सामुदायिक वनमा विवाद छ। केही दिन अगाडि विशेष साधारण सभाको माग गर्दै उपभोक्ताहरुले तालाबन्दी समेत गरेका थिए। साधारण सभाको मागलाई अध्यक्ष दानबहादुर बोहराले अस्वीकार गरेपछि संस्थापक सदस्य प्रकाश सिंह ऐरको नेतृत्वमा गएको उपभोक्ताहरुको समूहले कार्यालयमा तालाबन्दी गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .