समाज


कोरोनाको संक्रमण भएको आशंका गरिएका उत्तर कोरियाली नागरिकको हत्या

कोरोनाको संक्रमण भएको आशंका गरिएका उत्तर कोरियाली नागरिकको हत्या

नेपालखबर
फागुन १, २०७६ बिहिबार १२:१९,

कोरियाली अधिकारीले चीनबाट फर्किएका एक सरकारी अधिकारीको हत्या गरेको दोङ–ए इल्बो पत्रिकालाई उदृत गर्दै डेलीमेलले जनाएको छ।

ती सरकारी अधिकारी हालै चीनबाट फर्किएका थिए। कोरोनाभाइरसको आशंकामा उनलाई क्वारेन्टाइनमा राखिएको थियो।

तर ती व्यक्ति सार्वजनिक स्थलमा नुहाउन गएपछि भाइरस फैलने त्रासका कारण गोली हानी उनको हत्या गरिएको बताइएको छ।

सर्वोच्च नेता किम जोङ उनको आदेशमा ती व्यक्तिको हत्या गरिएको दक्षिण कोरियाली पत्रिकाले दाबी गरेको छ।

उत्तर कोरियामा सूचनाको पहुँच कम भएकाले हालसम्म उत्तर कोरियामा कति कोरोनाभाइरसबाट संक्रमति भए भन्नेबारे तथ्यांक प्राप्त भएको छैन।

चीनको हुपेइ प्रान्तको वुहान शहरमा पहिलोपटक नयाँ कोरोनाभाइरस देखिएको थियो। २५ भन्दा बढी शहरमा फैलिएको यस भाइरसलाई विश्व स्वास्थ्य संगठनले कोभिद–१९ नाम दिएको छ।

बिहीबारसम्मको तथ्यांकअनुसार यस भाइरसबाट मृत्यु हुनेको संख्या १३ सयभन्दा बढी पुगेको छ। चीनबाहिर २ जनाको मृत्यु भएको छ।

यसको संक्रमण ६० हजारभन्दा बढीमा देखिएको छ। चीनबाहिर ५ सयको हाराहारीमा संक्रमित छन्। कोरोनाको खतरा मध्यनजर गर्दै डब्लुएचओले स्वास्थ्य आपतकालीन अवस्थाको घोषणा गरेको छ।

विश्व एक भएर यस भाइरसविरुद्ध लड्नुपर्ने डब्लुएचओको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad