ad ad

समाज


पुल्चोक इन्जिनियरिङ क्याम्पसलाई सेनाले दियो हेलिकप्टर

पुल्चोक इन्जिनियरिङ क्याम्पसलाई सेनाले दियो हेलिकप्टर

नेपालखबर
फागुन १, २०७६ बिहिबार ७:३६,

नेपाली सेनाले बुधबार आफ्नो एक थान हेलिकप्टर त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक ललितपुरलाई हस्तान्तरण गरेको छ।

सेनाका सम्भाररथी उपरथी प्रभुराम शर्माले सेवा अवधि पूरा गरेको अलाउटे–३ हेलिकप्टर अध्ययन अनुसन्धानका लागि पुल्चोक क्याम्पसलाई प्रदान गरेको सेनाले जनाएको छ। सेनाले प्रधानसेनापति पूर्णचन्द्र थापाको कमाण्ड मार्ग निर्देशन २०७५ अनुसार देशको शैक्षिक क्षेत्रमा सहयोग पुर्याउन तयार रहेको जनाएको छ।

क्याम्पसमा पहिलोपटक एरोस्पेस इन्जिनियरिङ अध्ययनमा व्यावहारिक ज्ञानको लागि प्रयोग भइसकेको उक्त हेलिकप्टर तथा पार्टपुर्जा सहयोग गरिएको सेनाले जनाएको छ। हस्तान्तरण कार्यक्रममा संस्थानका डिन, कलेज प्रमुख तथा सेनाका अधिकारीहरुको उपस्थिति रहेको थियो।

हेलिकप्टर हस्तान्तरणको अनुमति तथा स्वीकृति रक्षा मन्त्रालयले दिएको थियो। उक्त हेलिकप्टर २०४७ जेठ २३ बाट प्रयोगमा आएको थियो। यसले ४ हजार १ सय २१ घण्टा उडान तथा ९ हजार ७ सय ५२ पटक ल्यान्डिङ गरेको सेनाले जनाएको छ। उक्त हेलिकप्तरले २०७५ चैत २ मा अन्तिम उडान गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .