ad ad

समाज


कोरोना संक्रमणबाट बँच्न डब्लूएचओले दियो यस्ता सुझाव

कोरोना संक्रमणबाट बँच्न डब्लूएचओले दियो यस्ता सुझाव

नेपालखबर
फागुन १, २०७६ बिहिबार ७:३३,

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसको संक्रमणबाट बँच्नका लागि सर्वसाधारणलाई सावधानीका विभिन्न सुझाव दिएको छ।

स्वासप्रश्वासबाट संक्रमण फैलिनसक्ने जोखिमबाट बँच्नका लागि अपनाउनुपर्ने आधारभूत सिद्धान्तहरु भनी डब्लूएचओले बिहीबार सावधानीका केहि उपायहरुबारे बुँदागतरुपमैं जानकारी गराएको छ।

उसले स्वासप्रश्वाससम्बन्धी संक्रमणबाट ग्रस्त व्यक्तिसँग नजिकबाट सम्पर्क नगर्ने, नियमितरुपमा हात धुने र खासगरी विरामी मानिस तथा त्यस्ता व्यक्ति वरिपरिको वातावरणसँगको सम्पर्कपछि अझ राम्रोसँग हात धुन सुझाएको छ।

सर्वसाधारणलाई पाल्तु तथा वन्यजन्तुसँगको असुरक्षित सम्पर्कबाट बँच्न सुझाएको डब्लुएचओले स्वासप्रस्वाससम्बन्धी गम्भीर संक्रमणको लक्षण भएका व्यक्तिले खाेकी र कफप्रति सचेत व्यवहार गर्नुपर्ने बताएको छ।

त्यस्ता व्यक्तिले अरुसँग दुरी कायम गर्ने, खोकी वा हाँच्छ्यु गर्दा एकपटक प्रयोग गरेर फ्ँयाक्ने टिस्यु वा रुमालको प्रयोग गर्ने र हात धुने गर्नुपर्छ।

स्वास्थ्य केन्द्रहरु, अस्पताल र विशेष गरी इमर्जेन्सी विभागहरुमा संक्रमण रोकथाम तथा नियन्त्रणका व्यवस्था थप प्रभावकारिताका साथ लागु गर्नुपर्ने सो अन्तर्राष्ट्रिय संस्थाले बताएको छ।

कुनै यात्राका क्रममा स्वासप्रश्वाससम्बन्धी समस्याहरु देखा परेमा यात्रुले तत्काल मेडिकल सहयोग खोज्ने र आफूले त्यतिबेला यात्रा गरेका ठाउँहरुको सम्पूर्ण विवरण दिनुपर्ने उसले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .