ad ad

समाज


बेलायतमा चिनियाँ नागरिकलाई ‘कोरोना भाइरस’ भनेर जिस्काइयो

बेलायतमा चिनियाँ नागरिकलाई ‘कोरोना भाइरस’ भनेर जिस्काइयो

नेपालखबर
फागुन १, २०७६ बिहिबार ७:४२,

बेलायती नागरिकहरुले आफूहरुमाथि जातीय हिसाबमा दुव्र्यवहार गरेको चिनियाँहरुले बताएका हुन्।

बेलायतका विभिन्न स्थानमा चिनियाँहरु विद्यार्थीको रुपमा व्यापारीको रुपमा बस्दै आएका छन्।

बाटोमा हिँड्दा स्थानीयले ‘कोरोनाभाइरस’ भनेर जिस्काएको चिनियाँहरुको भनाइ छ।

बर्मिङघाममा बस्दै आएका चीनका समुदायलाई फेसबुकमा धेरै जातीय दुव्र्यवहारयुक्त म्यासेजहरु आएको स्काइ न्युजले जनाएको छ।

तीमध्ये फेसबुकको एक म्यासेज यस्तो छः ‘घृणित, बर्बर पशु क्रूरता जुन तिमीहरुले गरेका छौं। तिमीहरु भाइरस पाउनको लागि योग्य छौं।’

Sky News has been shown some of the abuse sent to the Chinese community

खान हुने, खान नहुने सबै किसिमका पशु खाएका कारण चीनमा भाइरस फैलिएको म्यासेजहरुमा बताइएको छ।

कार्डिफामा बस्दै आएको चिनियाँ विद्यार्थी रोबिन झाङ स्काई न्युजसँग भन्छन्,‘म कलेज जाँदै थिए। चार जनाले म र मेरी साथीलाई ‘के छ कोरोनाभाइरस’ भनेर जिस्काए।’

झाङकी साथी लुसी झु पनि भन्छिन्,‘मलाई धेरै दुख लाग्यो। मलाई लाग्छ कोरोनाभाइरस चिनियाँको मात्र समस्या होइन। विश्वका सबै मानिसहरु एक भएर यस प्रकोपविरुद्ध लड्नुपर्छ।’

उनीहरुको व्यवहारका कारण आफूहरुले बेलायतमा असुरक्षित महसुस गरेको लुसी र झाङको भनाइ छ।

कार्डिफमा बस्दै आएकी सरा तान एकदिन सेन्ट मेरी स्ट्रिटमा हिँडिरहेकी थिइन्। सरा कोरोनाको उद्गमस्थल मानिएको चीनको हुवान शहरकी बासिन्दा हुन्।

बुबाआमाले बेलायतमा पनि मास्क लगाएर हिँड्न सल्लाह दिएका कारण उनी मास्क लगाएर हिँडिरहेकी थिइन्। तर कसैले ‘हेल्लो कोरोनाभाइरस’ भनेर जिस्काउँदा आफू अत्यन्त दुखित भएको सरा बताउँछिन्।

दुव्र्यवहारको घटना बढेपछि कार्डिफ विश्वविद्यालयले चिनियाँ विद्यार्थीलाई कसैले विश्वविद्यालय परिसरमा कोरोनाभाइरससँग जोडेर जिस्काए विश्वविद्यालयको प्रशासनलाई तुरुन्त खबर गर्न सूचना जारी गरेको छ। आफूहरुले त्यस्ता विद्यार्थीलाई कारवाही गर्ने विश्वविद्यालयले बताएको छ।

तथ्यांकअनुसार बेलायतमा ८ लाख चिनियाँहरु बस्छन्। कोरोनासँग सम्बन्धित दुव्र्यवहार न्युक्याश्चल, योर्क, म्यानचेस्टर लगायतका विभिन्न शहरमा भएको बताइएको छ।

बेलायतका लागि चिनियाँ राजदूत लिउ साओमिङले पनि चिनियाँ नागरिकमाथि दुव्र्यवहार भएको बताएका छन्। आफूहरुले यस विषयमा प्रहरीलाई खबर गरेको साओमिङले स्काइ न्युजसँग बताए।

चीनको हुपेइ प्रान्तको वुहान शहरमा पहिलोपटक नयाँ कोरोनाभाइरस देखिएको थियो। २५ भन्दा बढी शहरमा फैलिएको यस भाइरसलाई विश्व स्वास्थ्य संगठनले कोभिद–१९ नाम दिएको छ।

Image result for chinese student in uk uk

बिहीबारसम्मको तथ्यांकअनुसार यस भाइरसबाट मृत्यु हुनेको संख्या १३ सयभन्दा बढी पुगेको छ। चीनबाहिर २ जनाको मृत्यु भएको छ।

यसको संक्रमण ६० हजारभन्दा बढीमा देखिएको छ। चीनबाहिर ५ सयको हाराहारीमा संक्रमित छन्। कोरोनाको खतरा मध्यनजर गर्दै डब्लुएचओले स्वास्थ्य आपतकालीन अवस्थाको घोषणा गरेको छ।

विश्व एक भएर यस भाइरसविरुद्ध लड्नुपर्ने डब्लुएचओको भनाइ छ। डब्लुएचओले यसअघि सामाजिक सन्जालमा कोरोनाको विषयलाई लिएर मेम नबनाउन, कसैमाथि दुव्र्यवहार नगर्न तथा हासोको विषय नबनाउन आग्रह गरेको थियो।

यसबीचमा बेलायतमा चिनियाँहरु कोरोनाको विषयलाई लिएर दुव्र्यबहार खेप्न बाध्य बनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .