ad ad

राजनीति


जनयुद्धकै कारण सामन्तवाद परास्त र साम्राज्यवाद कमजोर भएको हो : वामदेव

जनयुद्धकै कारण सामन्तवाद परास्त र साम्राज्यवाद कमजोर भएको हो : वामदेव

नेपालखबर
फागुन १, २०७६ बिहिबार ७:१४,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले मोअवादी जनयुद्धकै कारण सामन्तवाद परास्त र साम्राज्यवाद कमजोर बनेको दावी गरेका छन्।

बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जलि सभामा उपाध्यक्ष गौतमले जनयुद्धकको घटना विश्व इतिहासमै विरलै हुने घटना भएको बताए। ‘जनयुद्ध र जनआन्दोलनले सामन्तवादलाई परास्त गर्नुका साथै साम्रज्यवादलाई कमजोर बनाउने काम गरेको हो’, उपाध्यक्ष गौतमले भने, ‘जनयुद्ध बलिदानको युद्ध हो, मुक्ति र संघर्षको युद्ध हो, यति ठूलो बलिदान संसारको इतिहासमा भएको थिएन।’

उपाध्यक्ष गौतमले जनयुद्ध र जनआन्दोलनका सहिदहरुलाई सम्मान गर्दै बहुदलीय प्रतिस्पर्धाका आधारमा समाजवाद स्थापनामा लाग्नुपर्ने बताए।

उपाध्यक्ष गौतमले जनयुद्धका क्रममा तत्कालीन एमालेका करिब ३०० नेता–कार्यकर्ता मारिएकामा त्यसको लेखाजोखा पनि हुनुपर्ने बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .