ad ad

राजनीति


ओली पहिलोपटक ‘जनयुद्ध दिवस’ कार्यक्रममा सहभागी हुँदै

ओली पहिलोपटक ‘जनयुद्ध दिवस’ कार्यक्रममा सहभागी हुँदै

नेपालखबर
फागुन १, २०७६ बिहिबार ३:१५,

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आज (बिहीबार) पहिलोपटक जनयुद्ध दिवस सम्बन्धी कार्यक्रममा सहभागी हुँदैछन्।

सत्तारुढ नेकपाले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जनयुद्ध दिवश (फागुन १) को सम्झनामा गर्न लागेको कार्यक्रममा ओली पहिलोपटक सहभागी हुन लागेका हुन्।

तत्कालिन माओवादीले ०५२ साल फागुन १ मा जनयुद्ध सुरु गरेको थियो। त्यही दिनको सम्झनामा नेकपाले देशैभरी विभन्न कार्यक्रम गर्दैछ।

जनआन्दोलन तथा जनयुद्धका सहिदहरूको स्मृतिमा बिहान ९ बजेदेखि धुम्बाराहीमा सुरु हुने कार्यक्रममा ओलीसँगै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी हुने प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले नेपालखबरलाई जानकारी दिए।

कार्यक्रममा सचिवालयका अन्य सदस्य र नेकपाका नेता कार्यकर्ता पनि सहभागी हुने कार्यक्रम छ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीककरण भएपछि फागुन १ लाई जनआन्दोलन र जनयुद्धमा सहिद भएकाहरूको स्मृतिका रूपमा मनाउन थालिएको हो।

गत वर्षको जनयुद्ध दिवस कार्यक्रममा ओली सहभागी भएका थिएनन्। पार्टी एकताको पहिलो वर्ष पनि पार्टी कार्यालय धुम्बाराहीमा विशेष कार्यक्रम आयोजना गरी नेकपाले जनयुद्ध दिवस मनाएको थियो।

पहिलो वर्ष अध्यक्ष ओलीसहित माधवकुमार नेपाल, झलनाथ खनाल, ईश्वर पोखरेललगायत नेता जनयुद्ध दिवस कार्यक्रममा सहभागी भएका थिएनन्।

तत्कालीन एमाले र माओवादी केन्द्रको एकतापछि जनयुद्ध दिवस मनाउने कि नमनाउने भन्ने विषय अन्योलमा थियो। यस वर्षबाट त्यो अन्योलताको अन्य भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .