ad ad

समाज


भारतबाट हुन्डीको २१ लाख लिएर आउँदै गरेका ५ जना पक्राउ

भारतबाट हुन्डीको २१ लाख लिएर आउँदै गरेका ५ जना पक्राउ

नेपालखबर
फागुन २१, २०८० सोमबार १३:४२, काठमाडौँ

बारामा हुन्डी कारोबार गरेको आरोपमा प्रहरीले २१ लाख रुपैयाँसहित ५ जनालाई पक्राउ गरेको छ। 

सुरुमा फागुन १८ गते कलैया उपमहानगरपालिका ६ स्थित अस्पताल रोडबाट रञ्जित सर्राफ ५ लाख रुपैयाँसहित पक्राउ परेका थिए। 

उनले कुनै पनि बैंकको इजाजत पत्र नलिई भारतबाट नेपालमा रकम ओसार पसार गर्ने गरेको आरोप छ। 

उक्त घटनाको अनुसन्धान गर्दै जाँदा थप व्यक्तिलाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ। उनीहरुविरुद्ध अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा भारत विहार राज्यको मोतिहारी थाना हरपुर पंचायत हरपुर ग्राम नायकका २९ वर्षीय रञ्जित सरार्फ, बारा कलैया उपमहानगरपालिका ७ का आसिफ मनि चेन्जर संचालक ३१ वर्षीय कलामुदिन अंसारी र  बारा महागढीमाई नगरपालिका १ का आसिफ मनि चेन्जर सञ्चालक ३९ वर्षीय मेराजुल हक अंसारी रहेका छन्। 

यस्तै फागुन २० गते भारतबाट नेपालतर्फ रकम लिएर आउँदै गरेका व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको छ।

भारतीय मोटरसाइकलमा १६ लाख ९ हजार रुपैयाँ लिएर आउँदै गर्दा उनीहरु पक्राउ परेका हुन्। पक्राउ पर्ने दुवै जना भारतीय नागरिक रहेका छन्। 

पक्राउ पर्नेमा देश भारत राज्य बिहार, मोतिहारी, ग्राम स्यामपुरका ४२ वर्षीय कृष्ण लाल प्रसाद र ४० वर्षीय रवि शंकर सिंह रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .