हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’ले चितवनमा होस्टेलभित्र रहस्यमय अवस्थामा मृत फेला परेकी शालिन पोखरेललाई न्याय दिन सरकारसँग माग गरेका छन्।
दाम्पत्य झगडाको झमेलामा परेका कलाकार खतिवडाले आफ्नाजस्ता घरायसी मुद्दामा नअलमलिएर शालिनको न्यायका लागि ध्यान दिन सम्बन्धित पक्षसँग आग्रह गरेका छन्।
‘मेरो कुरा छाडौँ, मेरो मिल्ला नमिल्ला। घरभित्रको कुरा हो, बाहिरबाट मान्छे घुसेर नानाथरी गरेर मात्र बबन्डर भाको हो। यो ल्याउनुपर्ने र बहस हुनुपर्ने मुद्दा नै थिएन। मेरो मुद्दा अदालतले हेर्छ, जे फैसला गर्छ म मान्न तयार छु’, खतिवडाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर यो बैनीलाई न्याय देऊ सरकार। यस्तो घटनालाई प्राथमिकतामा राख्नुपर्छ। घरायसी मुद्दामा अल्झेर यस्ता मुद्दा ओझेलमा पर्नु हुँदैन।’
3.3k
Shares
प्रतिक्रिया