ad ad

राजनीति


युवालाई वर्षमानको आग्रह– प्रधानमन्त्रीमा काम गर्ने हुटहुटी छ, सहयोग गरौँ

युवालाई वर्षमानको आग्रह– प्रधानमन्त्रीमा काम गर्ने हुटहुटी छ, सहयोग गरौँ

नेपालखबर
फागुन १९, २०८० शनिबार १४:१६, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले नेपालको आवश्यकता, नेपाली जनताको आकांक्षाअनुसार विकास हुन नसकेको बताएका छन्। 

प्रथम शहीद स्मृति बागमती प्रदेश रनिङ शिल्ड भलिबल प्रतियोगिता तथा शहीद बेपत्ता परिवार सम्मान कार्यक्रमलाई शनिबार काठमाडौँमा सम्बोधन गर्दै उनले गणतन्त्रको पछिल्लो १५ वर्षमा अझ तिब्रताका साथ विकास भएको दाबी गरे।

उदाहरण प्रस्तुत गर्दै उपमहासचिव पुनले पञ्चायत कालमा साढे ७ हजार बाटो बनेकोमा पछिल्लो बहुदलको संसदीय समयमा १८ हजार किलोमिटर पुगेको र अहिले १ लाख किलोमिटर बाटो पुगेको दाबी पनि गरे। 

‘नेपालको आवश्यकता, नेपाली जनताको आकांक्षाअनुसार विकास भएको छैन। आज प्रधानमन्त्रीज्युले सुशासन, समृद्धि र सामाजिक क्षेत्रमा तिब्र रुपले देशको विकास गर्ने संकल्प गर्नुभएको छ। काम गर्ने कोसिश गर्नुभएको छ। तपाईं युवाहरुले काम गर्ने हुटहुटी भएको प्रधानमन्त्रीलाई काम गर्ने संकल्प भएको प्रधानमन्त्रीलाई सहयोग गर्नुपर्ने अवस्था आएको छ। सबै प्रकारका बेथिति र विकृतिको संघर्षमा सरकार र प्रधानमन्त्रीलाई सहयोग गर्नुपर्नेछ,’ उनले भने। 

गणतन्त्रमा पूर्वाधार, शिक्षा, स्वास्थ्यमा तिब्र विकास भएको बताउँदै उनले प्रधानमन्त्री पुष्पकमल दाहालले सुशासन, समृद्धि र सामाजिक क्षेत्रमा तिब्र रुपले देशको विकास गर्ने संकल्प गरेको बताए। 

‘देशमा भविष्य छ की छैन, देश बन्छ की बन्दैन? हाम्रो देश नेपाल समृद्ध हुन्छ की हुँदैन? यही प्रश्न युवाहरुको मनमा छ। म यहाँहरुलाई के भन्छु भने ३० वर्षको पञ्चायत र १५ वर्षको राजतन्त्रात्मक संसदीय व्यवस्था हे¥यौँ,’ उनले भने, ‘त्यस यताको १५ देखि १६ वर्ष हेर्ने हो भने तुलनात्मक रुपमा आँकडामा हेर्दा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, खेलकुद सबै क्षेत्रमा तिब्र विकास भएको छ। गणतन्त्रको पछिल्लो १५ वर्षमा अझ तिब्रतामा विकास भएको छ।’

उपमहासचिव पुनले युवाहरुले देशको भविष्यको बारेमा, राष्ट्रियताको बारेमा, राष्ट्रिय स्वाधिनताको बारेमा र समग्र नेपाली समाजको प्रगति र अग्रगतिको सन्दर्भमा चिन्ता व्यक्त गरिरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .