छोरालाई भेट्न नदिएपछि नेपालगन्जकी भारती मानन्धरले विष पिएकी छन्।
नेपालगन्जस्थित एक विद्यालयमा अध्ययरत छोरालाई भेट्न उनी मंगलबार बिहान खाजासमेत लिएर पुगेकी थिइन्।
तर, परिवारले भेट्न अनुमति नदिएको र भारतीले दिएको खाजासमेत छोरालाई दिन नमिल्ने जवाफ विद्यालयले दिएको खुलेको छ।
भारतीको पक्षमा न्यायका लागि आवाज उठाउँदै आएकी जश्मिन ओझाका अनुसार छोरालाई भेट्न नदिइएपछि तनावमा परेकी मानन्धरले विष पिएकी हुन्।
विष पिएपछि अचेत बनेकी उनको अहिले भेरी अस्पतालमा उपचार भइरहेको छ। ओझाका अनुसार अहिलेसम्म भारतीको होस खुलेको छैन।
आफ्ना पति चेतन मानन्धरको हत्यामा दोषी ठहर भएर जेलमा रहेका गुन्डा नाइके रिगल ढकाललाई राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि भारतीले आन्दोलन गरेकी थिइन्।
माइतीघरबाट भारतीको प्रश्न-शालीन देखिने राष्ट्रपतिले कसरी दिए हत्यारालाई माफी?
सर्वोच्च अदालतले राष्ट्रपतिको उक्त कदमलाई उल्ट्याइदिएपछि रिगल अहिले जेलमै पुगिसकेका छन्।
Shares

प्रतिक्रिया