पाल्पामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
लु२ख ५६१ नम्बरको टिपर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
घटनामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१६ का चालक २४ वर्षीय प्रदीप कुमाल र सोही ठाउँका सहचालक १८ वर्षीय मनिष परियारको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयाका प्रहरी उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए।
दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। रासस
252
Shares

प्रतिक्रिया