समाज


दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारी

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारी

फाइल तस्बिर


नेपालखबर
फागुन ६, २०८० आइतबार १९:२५, काठमाडौँ

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारी नियुक्त भएका छन्।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सञ्चार तथा सचूना प्रविधिमन्त्री रेखा शर्माको प्रस्तावमा भण्डारीलाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको हो। 

प्राधिकरणको अध्यक्षका लागि माघ १४ गते सूचना निकालिएको थियो। भण्डारी प्राधिकरणको अध्यक्ष पदमा सुरूदेखि नै बलिया दाबेदार थिए।

को हुन् भण्डारी?
भूपेन्द्र भण्डारी २०८० असारमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सल्लाहकारमा नियुक्त भएका थिए। 

भण्डारी मन्त्रीकै गृह जिल्ला दाङ स्थायी ठेगाना हो। उनी ८ वर्ष स्मार्ट मोबाइल बुरुन्डी, १४ महिनामा इन्टरग्रुप टेलिकम, पे नेपालमा करिब ६ महिना काम गरेका छन्। 

उनले मन्त्रीसँगको सल्लाहमै अध्यक्ष बन्नको लागि आवेदन दिएका थिए। उनी मन्त्री शर्माको सल्लाहकार पनि विज्ञका रुपमा भएका थिए।

उनी २०७५ सालमा पुरुषोत्तम खनालसँगै प्राधिकरणको अध्यक्षमा प्रतिस्पर्धी रहेका थिए। भण्डारीले एनसेलमा कन्सल्टेन्टका रुपमा समेत काम गरेका थिए। 

उनले एनसेलमा ५–६ महिना  काम गरेका थिए। अब प्राधिकरणमा एनसेलको सेयर व्यवस्थापन, एमडीएमएस, टेरामक्सको विषय टुंग्याउनुपर्नेछ। 

प्राधिकरणको अध्यक्षमा नियुक्तिको चासो राजनीतिक मात्रै नभई व्यावसायिक शक्ति केन्द्रलेसमेत राख्ने गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad