प्रहरी प्रभाग बलम्बुका इन्चार्ज प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले गोली चलाउँदा २ जना घाइते भएका छन्।
प्रहरी उच्च स्रोतका अनुसार आइतबार ड्यूटीबाट फर्किएपछि पेस्तोल हतियार भण्डारणमा बुझाउने क्रममा गोली ननिस्किएपछि उनले पड्काएका थिए।
त्यसैक्रममा उनकै बडीगार्डको खुट्टामा गोली लागेको छ। यस्तै प्रहरी कार्यालयमै रहका सर्वसाधारणलाई पनि सामान्य चोट लागेको छ।
उनीहरू दुवै जनालाई उपचारका लागि सशस्त्र प्रहरी अस्पताल बलम्बुमा लगिएको छ। दुवै अवस्था खतरामुक्त रहेको उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले बताए।
यस्तै इन्चार्ज श्रेष्ठलाई तत्काल जिम्मेवारी मुक्त गर्न र घटनाको अनुसन्धान थाल्न पनि एआईजी थापाले काठमाडौं प्रहरी प्रमुख एसएसपी भूपेन्द्र थापालाई निर्देशन दिएका छन्।
915
Shares

प्रतिक्रिया