ad ad

समाज


कृषिमन्त्रीको राजीनामा माग्दै चितवनका कृषकले सडकमा पोखे दूध

कृषिमन्त्रीको राजीनामा माग्दै चितवनका कृषकले सडकमा पोखे दूध

नेपालखबर
फागुन ६, २०८० आइतबार १५:५७, काठमाडौँ

चितवनका दूग्ध किसानहरुले कृषि मन्त्री बेदुराम भुसालको राजीनामा माग्दै सडकमा दूध पोखेका छन्।

दूध बिक्री तथा भुक्तानीमा देखिएको बेतिथीविरुद्धको आन्दोलनका क्रममा उनीहरूले आइतबार सडकमै दूध पोखेर विरोध जनाएका हुन्।

भरतपुरको केन्द्रीय बस टर्मिनल चोकमा किसानहरू भेला भएर दुई क्यान दूध सडकमै पोखेर विरोध गरेका हुन्।

उनीहरूले कृषि मन्त्री भुसालविरुद्ध चर्को नारा लगाएका छन्। तत्काल कृषिमन्त्री भुसालले राजीनामा दिनुपर्ने बताएका उनीहरूले कडा आन्दोलन गर्ने चेतावनी दिए।

चितवन जिल्ला दूग्ध उत्पादक सहकारी संघ लिमिटेडको अगुवाइमा किसानहरू चरणबद्ध आन्दोलनमा उत्रिएका हुन्।

उनीहरूले विरोधस्वरुप सांकेतिक रुपमा सडकमै दूध पोखेर विरोध जनाएका संघका अध्यक्ष किशोर बगालेले बताए।

उनले वर्तमान कृषिमन्त्री भुसाल अक्षम भइसकेको भन्दै किसानको समस्या समाधान गर्न नसक्ने भएपछि राजीनामा दिनुपर्ने बताए।

उनले दूध बिक्री तथा भुक्तानीको बेथितिविरुद्ध चरणबद्ध आन्दोलन गर्दै जाने बताए।

चितवनमा हाल दैनिक ३ लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आइरहेको छ। त्यसमध्ये १ लाख ५१ हजार लिटर दूध काठमाडौँलगायतमा बिक्री हुँदै आइरहेको संघले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .