ad ad

समाज


ठगीका आरोपी रत्नेश्वर शर्मा फेरि छुटे

ठगीका आरोपी रत्नेश्वर शर्मा फेरि छुटे

रत्नेश्वर शर्मा


नेपालखबर
माघ २८, २०८० आइतबार १७:०, काठमाडौँ

अदालतमा सेटिङ मिलाउँछु भन्दै पटक–पटक ठगेको आरोपमा पक्राउ परेका महोत्तरीका रत्नेश्वर प्रसाद शर्मा फेरि छुटेका छन्। जिल्ला प्रहरी परिसर ललितपुरले १० करोड रुपैयाँ ठगीको जाहेरी परेपछि ५४ वर्षीय शर्मालाई गत बिहीबार पक्राउ गरेको थियो।

तर उनलाई ललितपुर जिल्ला अदालतले रिहा गर्न आदेश दिएको हो। जिल्ला न्यायाधीश पुष्पराज थपलियाको इजलासले उनलाई हिरासतमा राख्न अनुमति नदिएपछि थुनामुक्त भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नवराज कार्कीले बताए।

उनले विभिन्न व्यक्तिलाई ठगी गर्दै ‘मेरा सहपाठी न्यायाधीश छन्, म पक्राउ परे पनि कारबाही हुँदैन’ भन्दै धम्की दिने गरेको पीडितहरूले बताएका छन्।

महोत्तरीको लोहरपट्टी नगरपालिका ७ घर भएका शर्मा हाल काठमाडौंको तीनकुने बस्दै आएका छन्। बिहीबार उनलाई प्रहरीले ललितपुरकै लगनखेलबाट पक्राउ गरेको थियो।

यसअघि पनि पटक पटक पक्राउ परिसकेका शर्माविरुद्ध यसपटक भने उनकै साझेदारले जाहेरी दिएका थिए। उनले आफूलाई जग्गामा संयुक्त लगानी गर्न भनेको र पछि नाफाको करोडौँ रुपैयाँ ठगी गरेको जाहेरवालाको गुनासो छ।

जाहेरीपछि शर्माविरुद्ध जिल्ला अदालत ललितपुरले माघ १२ गते पक्राउ पुर्जी जारी गरेको थियो। पक्राउ पुर्जी जारी भएपछि मोबाइल बन्द गरेर उनी फरार भएका थिए।

यसअघि उनलाई बैंकिङ कसुरको आरोपीलाई थुनामुक्त गरिदिन्छु भन्दै ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले पक्राउ गरेको थियो।

त्यतिबेला पनि उनले जाहेरवालालाई आफ्नो सहपाठीहरू न्यायाधीश रहेको र आफूले थुनामा रहेका व्यक्तिलाई सजिलै छुटाउने भन्दै ठगी गरेको आरोप थियो।उक्त मुद्दामा भने अदालतले उनलाई १५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो।

गत पुस १३ गते उनलाई पक्राउ गरेर अपराध अनुसन्धान कार्यालयले थप अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसरमा पठाएको थियो।

उनीविरुद्ध १० लाख १६ हजार रुपैयाँ ठगी गरेको आरोप थियो। तर उक्त मुद्दामा १५ दिन हिरासतमा बसेर छुटेका शर्मा फेरि पक्राउ परेका थिए।

शर्माले आफूलाई वकिल भनेर चिनाउने गरेका छन्। तर कानुनी क्षेत्रका व्यक्तिहरूले उनलाई पेशेवर विचौलियाका रुपमा चिन्छन्।   

उनलाई प्रहरीले हाजिरी जमानीमा खोजेको बखत उपस्थित हुने शर्तमा छोडेको हो।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .