ad ad

राजनीति


मातृका यादवको रिपोर्टिङ : नेता-कार्यकर्ताहरु जाँड-रक्सीमा रमाउन थाले, लेबीसमेत तिर्दैनन्

मातृका यादवको रिपोर्टिङ : नेता-कार्यकर्ताहरु जाँड-रक्सीमा रमाउन थाले, लेबीसमेत तिर्दैनन्

फाइल तस्बिर


नेपालखबर
माघ २८, २०८० आइतबार १७:६, काठमाडौँ

नेकपा माओवादी केन्द्रको आइतबारदेखि सुरु केन्द्रीय समिति बैठकमा कर्णाली प्रदेश इन्चार्ज मातृकाप्रसाद यावदले रिपोर्टिङ गरेका छन्।

मधेस प्रदेशबाट कर्णाली प्रदेश इन्चार्जका रुपमा पुगेका उनले माओवादीको सबैभन्दा राम्रो संगठन पनि त्यहीँ रहेको बताएका छन्। 

‘हाम्रो सबैभन्दा राम्रो पार्टी संगठन कर्णालीमा छ। अन्यत्रभन्दा कर्णालीको फरक विशेषता पनि छ’, उनले भने, ‘तर चिन्तनको हिसाबले कर्णालीको पार्टी पंक्ति पनि अन्यत्रभन्दा फरक देखिनँ।’

बैठकमा ब्रिफिङका क्रममा यादवले अहिले पार्टी क्रान्तिको साधन हुन नसकेको पनि बताएका छन्। 

‘पार्टी अहिले क्रान्तिको साधन नभएर नेता र कार्यकर्ता व्यवस्थापनको साधन भएको छ’, उनले भने, ‘पार्टीमा धम्की र घुर्की देखाउने नराम्रो संस्कार बसेको छ। तर निर्णय भएको कुरा लागु गर्छन्।’

उनले पार्टीका नेताहरू जाँड-रक्सी र जुवामा रमाउने क्रम बढेको पनि बताएका छन्। ‘नेताहरू जाँड, रक्सी र जुवामा रमाउँदैछन्’, उनले बैठकमा भने, ‘लेबी शुल्क नबुझाउने समस्या तराई-मधेसमा मात्रै होइन कर्णालीमा पनि उस्तै रहेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .