समाज


जापानको क्रुज पानीजहाजमा कोरोनाबाट संक्रमितको संख्या १ सय ३६ पुग्यो

जापानको क्रुज पानीजहाजमा कोरोनाबाट संक्रमितको संख्या १ सय ३६ पुग्यो

नेपालखबर
माघ २७, २०७६ सोमबार ८:५८,

जापानको क्रुज पानीजहाज डायमोन्ड प्रिन्सेसमा कोरोनाभाइरसको संक्रमण १ सय ३६ जनामा देखिएको छ।

पहिले १० जनामा कोरोना देखिएपछि उक्त जहाजलाई योकोहोमामा रोकेर राखिएको थियो। विभिन्न देशका पर्यटक उक्त पानीजहाजमा समावेश छन्।

संक्रमण झनै फैलन त्रासले जहाजबाट केही दिनयता उनीहरुलाई तल झर्न दिइएको छैन्।

आइतबार ७० जनामा पानीजहाजमा संक्रमित थिए। सोमबारसम्म संक्रमितको संख्या १ सय ३६ पुगेको पानीजहाजका क्याप्टेन स्टेफानो राभेराले बताएका छन्।

उक्त पानीजहाजमा ४ सय अमेरिकीसहित ३७ सय सवार छन्। जापानी अधिकारीहरले पानीजहाजमै मानिसहरुको विशेष निगरानी गरिने बताएका थिए।

तर संक्रमितको संख्या बढ्दै गएपछि यतिबेला विश्वभरबाट चिन्ता व्यक्त हुन थालेको छ।

सोमबारसम्म नोबल कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ९ सय १० पुगेको छ।

कोरोनको संक्रमण बढ्दै जाँदा दिनहुँ मृतकको संख्या बढ्दै गएको छ। तथ्यांकअनुसार कोरोनको संक्रमण ४० हजार भन्दा बढीमा देखिएको छ।

संक्रमित धेरै भएकाले मृतकको संख्या बढ्नसक्ने बताइएको छ।

सन् २००३ को सार्स महामारीले ७ सय ७४ जनाको ज्यान लिएको थियो। नोबल कोरोना भाइरसले सार्सले भन्दा बढी ज्यान लिएको हो।

कोरोनाको संक्रमण २५ भन्दा बढी देशमा फैलिसकेको छ। मुख्यक्षेत्र चीन बाहिर कोरोनाबाट फिलिपिन्समा एक र हङकङमा एकको मृत्यु भएको छ। चीन बाहिर ४४० जनामा संक्रमण देखिएको छ।

चीनको हुपेइ प्रान्तको वुहान शहरबाट यस भाइरस फैलन सुरु भएको हो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad