प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आजबाट विदा पाउँदैछन्। आजै प्रहरीले नयाँ आईजीपी पाउने सम्भावना रहेको छ।
आज बस्ने मन्त्रिपरिषद बैठकले नयाँ आईजीपी बनाउने सम्भावना रहेको स्रोतले जनाएको छ। प्रहरी नायब महानिरीक्षक (डीआईजी) ठाकुर ज्ञवाली र तारिणीप्रसाद लम्सालमध्ये एकजनाले प्रहरीको कमाण्ड सम्हाल्ने बताइन्छ।
महानिरीक्षक खनालसँगै आजबाट प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजेन्द्रमान श्रेष्ठ, मनोज न्यौपाने, सुरेशविक्रम शाह, केदार रिजाल, शेरबहादुर बस्न्यात, पीताम्बर अधिकारी, दिनेश अमात्य, नारायणसिंह खड्का, कमल जिटी, महेन्द्रकुमार पोखरेल, महेशविक्रम शाह, दानसिंह बोहोरा, रामप्रसाद श्रेष्ठ, सुरज केसी, विनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, पूर्णचन्द्र जोशी र र हरिभक्त प्रजापतिले पनि अनिवार्य अवकाश पाउनेछन्।

प्रतिक्रिया